तीनपाटन गाउँपालिका किसानलाई विउ बोका तथा विउ पाठी प्रदान 

RadioSiddhababa

सिन्धुली, बैशाख ९, २०८२ मंगलबार ।


सिन्धुलीको तीनपाटन गाउँपालिका किसानलाई विउ बोका तथा विउ पाठी प्रदान गरिएको छ । तीनपाटन गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग र हाम्रो प्रयास नेपाल सिन्धुलिको सहजिकरणमा संचालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी विकास परियोजना अन्तर्गत नश्ल सुधार कार्यक्रम अन्तर्गत किसानलाई बिउ बोका तथा बिउ पाठी प्रदान गरिएको हो ।


तीनपाटन गाउँपालिका वडा १० र ११ मा रहेको उपहार समूहका ४ जना सदस्यलाई विउ बोका र २४ जना सदस्यहरुलाई विउ पाठी प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । तीनपाटन गाँउपालिका अध्यक्ष कर्ण बाहादुर थापा मगरको अध्यक्षतमा भएको कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी समुहका सदस्य लगायतको उपस्थिती रहेको थियो ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुलीमा किशोरी सम्मेलनको आयोजना

सिन्धुली, बैशाख २७, २०८२ शनिबार । सिन्धुलीमा किशोरी सम्मेलन गरिएको छ । प्लान नेपालको सहयोगमा जनजाती समाज विकास कार्यक्रम जेएसडिपि सिन्धुलीले

RadioSiddhababa

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम बर्दिबासमा सम्पन्न

नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले महोत्तरीको बर्दिबासमा आयोजना गरेको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

RadioSiddhababa

तीन दिने निःशुल्क दाँत तथा आँखा शिविर बाट एक हजार भन्दा बढीले सेवा लिए

सिन्धुली, बैशाख २६, २०८२ शुक्रबार । हरिहरपुरगढी गाउँपालिकामा सञ्चालित तीन दिने निःशुल्क दाँत तथा आँखा शिविर बाट एक हजार भन्दा बढी स्थानीयले सेवा