सिन्धुली काँग्रेसमा सबै सांगठानिक गतिविधी प्रभावकारी बनाउन सबैको जिम्मेवारी बोधको खाँचो औंल्याइयो

सिन्धुली, माघ १६, २०८१ बुधबार ।
सिन्धुलीमा नेपाली काँग्रेस पार्टीका सबै सांगठानिक गतिविधी प्रभावकारी बनाउन जिम्मेवारी बोधको खाँचो औल्याइएको छ । पार्टीका सबै तहका सांगठानिक गतिविधी प्रभावकारी बनाउन तथा सदस्यता वितरण र नविकरण लगायतका कामका लागि सबैको जिम्मेबारी बोधको खाँचो औंल्याइएको हो ।
बिशुद्ध पार्टीको सांगठानिक कामका लागि भनेर सञ्चालन गरेको १०० दिने अभियानको बुधबार समापन कार्यक्रमा बोल्ने अधिकांश नेताहरुले यस्तो धारणा राखेकाहुन्। कार्यक्रममा १०० दिने अभियानका लागि दिइएको जिम्मेवारी पनि सबै जिम्मेवार व्यक्ती बाट पुरा नभएको प्रति पार्टीको ध्यानाकार्षण भएको थियो ।
अभियान समापन कार्यक्रममा जिल्ला नेतृत्वले दिइएको जिम्मेवारी पुरा नगर्ने तल्लो तहको नेतृत्व र अभियानको नेतृत्व गर्ने जिम्मेवारी पाएका नेताहरुलाई समेत यस्तो ध्यानाकर्षण गराएको थियो । अभियानका क्रममा वडा स्तरमा नियमित बैठक भए नभएका देखि वडामा देखिएको विविध समस्या समधान गर्ने प्रयास भएका पनि सोचे जस्तो नतिजा नआएको प्रति धेरै नेताहरुकोे गुनासो थियो ।
जिल्ला पार्टी सभापती उपेन्द्र कुमार पोखरेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा वडा तहमा संयोजक बनाएर पठाएका नेताहरु बाट गरिएको कामको बारेमा समिक्षा गरिएको थियो । कार्यक्रममा केन्द्रिय प्रतिनिधी तथा केन्द्रिय सदस्य प्रतिमा गौतम लगायतका नेताहरुले यस अभियानले जिल्लाका सबै वडाहरुमा गतिविधी गर्न भने अगुवाइ गरेको धारणा राख्नुभएको थियो ।
कार्यक्रममा केन्द्रिय सदस्य शुसिला थिङ, जिल्ला नेताहरु मोहन प्रसाद बराल, उज्ज्वल प्रसाद बराल, बिजुला बर्मा लगायतले कार्यक्रममा उठेका सवाल सहित अभियानका सन्दर्भमा आ आफ्नो धारणा राख्नुभएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी कमलामाई नगरपालिका ४ र ६ को वडा अधिवेशन सम्पन्न
सिन्धुली, चैत २४, २०८१ आइतबार । राष्ट्रिय स्वतन्त्र पार्टी कमलामाई नगरपालिका ४ र ६ को वडा अधिवेशन सम्पन्न भएको छ । नयाँ नेतृत्व चयन गर्दै कमलामाई

संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा नेकपा एमाले सिन्धुलीको जागरणसभा
सिन्धुली, चैत १८, २०८१ सोमबार । नेकपा एमाले सिन्धुलीले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जागरण सभा गरेको छ । मूलुकमा अस्थिरता र अराजकता

पूर्वराजा ज्ञानेन्द्र लाई हिंसा र गुण्डा गर्दी गर्न छुट छैन् ः प्रचण्ड
सिन्धुली, चैत १७, २०८१ आइतबार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाह लाई हिंसा र गुण्डा गर्दी गर्न
प्रतिकृया दिनुहोस