बीपी राजमार्ग पुनःनिर्माणको लागि स्रोत सुनिश्चित गर्दै तत्काल निर्माण थाल्न सांसद दाहालको माग

सिन्धुली, पुष २५, २०८१ बिहिबार ।
सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल राजनले बनेपा–सिन्धुली–बर्दिबास (बीपी) राजमार्गको पुनर्निर्माण तत्काल थाल्न माग गर्नु भएको छ । बिहिबार सिन्धुलीमाढीमा प्रेस सेन्टर नेपाल सिन्धुलीले गरेको पत्रकार भेटघाटमा बोल्दै सांसद दाहालले राजमार्गको खुर्कोट–नेपालथोक र नेपालथोक–भकुण्डेवेशी खण्ड तत्काल पुनर्निर्माण थाल्न सरकार सँग माग गर्नु भएको हो ।
गएको असोसमा रोशी र सुनकोसी नदिमा आएको बाढी र पहिरोले बगाउँदा विपि राजमार्गको झण्डै १२ किलोमिटर सडक ध्वस्त भएको थियो । राजमार्गको नेपालथोक–भकुण्डेवेशी खण्डमा रोसीलाई तर्काएर अस्थायी ट्रयाक मार्फत सवारी साधन सञ्चालन हुँदै आए पनि त्यसको पुनर्निर्माणमा सरकारले बजेटको सुनिश्चितता गर्न नसक्दा ढिलाई भएको भन्दै सांसद दाहालले बजेटको स्रोत सुनिश्चित गर्दै निर्माण थाल्न माग गर्नु भएको छ ।
क्षति भएको चार महिना बितिसक्दा समेत राजमार्गको पुनर्निर्माणमा ढिलाइ हुँदा आगामी वर्षातमा राजमार्ग पुरै बन्द हुने अवस्था आएकोले तत्काल पुनःनिर्माण र पुनःर्निर्माण नसकिदा सम्मका लागि स्थायी डाइभर्सन बनाउनु पर्ने दाहालको भनाई छ । यसका लागि आफूले प्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री, मन्त्रालयका सचिव, डिजी लगायत सँग परामर्श गरेको र निरन्तर पहल गरिरहेको उहाँको भनाई छ ।
राजमार्ग पुनर्निर्माणका लागि आवश्यक पर्ने प्राविधिक अध्ययन तथा स्टमेट सबै तयार भइसकेको बताउदै पुनःर्निर्माणमा करिब १० अर्ब रुपैयाँ लागत लाग्ने स्टमेट रहेको छ । यो सबै बजेट सुनिश्चित गर्न तत्काल सम्भावना नभएर पनि हाल कम्तीमा ५० करोड रुपैयाँ मात्रको सुनिश्चित गर्ने हो भने टेण्डर प्रक्रिया सुरु हुने र स्थायी ट्रयाक निर्माण सँगै पुनर्निर्माण सुरु गर्न सकिने उहाँले बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी कमलामाई नगरपालिका ४ र ६ को वडा अधिवेशन सम्पन्न
सिन्धुली, चैत २४, २०८१ आइतबार । राष्ट्रिय स्वतन्त्र पार्टी कमलामाई नगरपालिका ४ र ६ को वडा अधिवेशन सम्पन्न भएको छ । नयाँ नेतृत्व चयन गर्दै कमलामाई

संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा नेकपा एमाले सिन्धुलीको जागरणसभा
सिन्धुली, चैत १८, २०८१ सोमबार । नेकपा एमाले सिन्धुलीले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जागरण सभा गरेको छ । मूलुकमा अस्थिरता र अराजकता

पूर्वराजा ज्ञानेन्द्र लाई हिंसा र गुण्डा गर्दी गर्न छुट छैन् ः प्रचण्ड
सिन्धुली, चैत १७, २०८१ आइतबार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाह लाई हिंसा र गुण्डा गर्दी गर्न
प्रतिकृया दिनुहोस