नेपाली कांग्रेसको प्रमुख सचेतकमा श्याम कुमार घिमिरे मनोनीत
सिन्धुली, साउन ५, २०८१ शनिबार ।
नेपाली कांग्रेसको प्रमुख सचेतकमा श्याम कुमार घिमिरे मनोनीत हुनु भएको छ । नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सिन्धुली क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य श्याम कुमार घिमिरेलाई नेपाली कांग्रेसको प्रमुख सचेतकामा मनोनयन गर्नुभएको हो ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखक गएको असार ३१ गते नेपाल सरकारको गृह मन्त्री हुनुभएपछि रित्त रहेको प्रमुख सचेतक पदमा घिमिरेलाई मनोनित गरिएको नेपाली कांग्रेसले जनाएको छ ।
नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १३ को उपधारा (१) बमोजिम प्रतिनिधी सभा सदस्य श्याम कुमार घिमिरेलाई नेपाली कांग्रेसको प्रमुख सचेतकमा मनोनयन गरिएको हो ।
काँग्रेस क्षेत्र नं. २ सिन्धुलीको क्रियाशिल सदस्यता फारम वितरण शुरु
सिन्धुली, पुष ६ २०८१, शनिबार । नेपाली काँग्रेस सिन्धुलीले क्रियाशिल सदस्यता वितरणका लागि आवश्यक प्रक्रिया शुरु गर्न थालेको छ । पार्टीको वडा स्तरका
अनेमसंघ सिन्धुलीबाट आफ्ना नेता तथा कार्यकर्तालाई प्रशिक्षण
सिन्धुली, मंसिर १८ २०८१ मङ्गलबार । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा अखिल नेपाल महिला संघ सिन्धुलीले आफ्ना नेता तथा कार्यकर्तालाई
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन सिन्धुलीको जिल्ला अधिवेशन सम्पन्न
सिन्धुली, असोज ३, २०८१ बिहिबार । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन सिन्धुलीको जिल्ला अधिवेशन सम्पन्न भएको छ । राष्ट्रिय प्रजातान्त्रिक युवा
प्रतिकृया दिनुहोस