अनेमसंघ सिन्धुलीबाट आफ्ना नेता तथा कार्यकर्तालाई प्रशिक्षण

सिन्धुली, मंसिर १८ २०८१ मङ्गलबार ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा अखिल नेपाल महिला संघ सिन्धुलीले आफ्ना नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिएको छ । नेकपा एमाले निकट संघले मङ्गलबार जिल्ला, पालिका, तथा वडा स्तरका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिएको हो ।
महिलालाई राजनीतिक रुपले सक्षम बनाउन संघका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिएको संघकी अध्यक्ष पार्वती भट्टराईले बताउनुभयो । सिन्धुलीमाढीमा भएको प्रशिक्षणमा अनेमसंघका केन्द्रीय महासचिव पेम्वा लामाले प्रशिक्षण दिनुभएको थियो । उहाँले संगठनका नीति तथा कार्यक्रमका बारेमा जिल्लाका नेता कार्यकर्तालाई प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा जिल्लाका ९ वटै पालिकाबाट गरी एक सय बढी महिलाहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी कमलामाई नगरपालिका ४ र ६ को वडा अधिवेशन सम्पन्न
सिन्धुली, चैत २४, २०८१ आइतबार । राष्ट्रिय स्वतन्त्र पार्टी कमलामाई नगरपालिका ४ र ६ को वडा अधिवेशन सम्पन्न भएको छ । नयाँ नेतृत्व चयन गर्दै कमलामाई

संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा नेकपा एमाले सिन्धुलीको जागरणसभा
सिन्धुली, चैत १८, २०८१ सोमबार । नेकपा एमाले सिन्धुलीले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जागरण सभा गरेको छ । मूलुकमा अस्थिरता र अराजकता

पूर्वराजा ज्ञानेन्द्र लाई हिंसा र गुण्डा गर्दी गर्न छुट छैन् ः प्रचण्ड
सिन्धुली, चैत १७, २०८१ आइतबार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाह लाई हिंसा र गुण्डा गर्दी गर्न
प्रतिकृया दिनुहोस