राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन सिन्धुलीको जिल्ला अधिवेशन सम्पन्न

RadioSiddhababa

सिन्धुली, असोज ३, २०८१ बिहिबार ।

 

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन सिन्धुलीको जिल्ला अधिवेशन सम्पन्न भएको छ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन सिन्धुलीका अध्यक्ष दिपक कार्कीको अध्यक्षता तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा संयोजित संगठन समन्वय बिभागका प्रमुख गोपाल दाहालको प्रमुख आतिथ्यतामा जिल्ला अधिवेशन सम्पन्न भएको हो ।


राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन सिन्धुलीको जिल्ला अध्यक्षमा पुन दिपक कार्कीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । उपाध्यक्षमा रोजन बम्जन, संजिव थापा मगर, निशा स्याङतान, सचिवमा प्रेमलाल श्रेष्ठ, सहसचिवमा कुसुम पाख्रीन र कोषाध्यक्षमा सविना पुरी सहित २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।


त्यस्तै राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनको नयाँ कार्यसमिति चयन गरिएको छ । बद्रीलाल श्रेष्ठ अध्यक्ष सहित उपाध्यक्षमा नारद प्रसाद अधिकारी, राम बहादुर लोप्चन, नरमाया भुजेल, सचिवमा सालिकराम बानीया, सह सचिवमा नन्दलाल श्रेष्ठ, कोषाध्यक्षमा दुर्गा प्रसाद घिमिरे सहित २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । 


त्यस्तै राष्ट्रिय प्रजातान्त्रिक उत्पीडन उत्थान संगठन सिन्धुलीको तदर्थ समिति गठन गरिएको छ । राष्ट्रिय प्रजातान्त्रीक उत्पीडन उत्थान संगठनको अध्यक्षमा राम कुमार परियार, उपाध्यक्षमा भिम बहादुर परियार, बुद्धिमान परियार, शान्तिमाया बिक, सचिवमा दिनेश विक, सहसचिवमा सावित्रा विक र कोषाध्यक्षमा अन्जना विक सहित १५ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुलीमा नेकपा एसका केन्द्रिय सदस्य शान्ता पाख्रिन सहित दर्जन नेता–कार्यकर्ता एमालेमा फर्किए 

सिन्धुली, माघ २२, २०८१ मंगलबार । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य सहित दर्जन नेता–कार्यकर्ता पार्टी त्यागेर नेकपा (एमाले) मा फर्किएका छन्

RadioSiddhababa

सिन्धुली काँग्रेसमा सबै सांगठानिक गतिविधी प्रभावकारी बनाउन सबैको जिम्मेवारी बोधको खाँचो औंल्याइयो

सिन्धुली, माघ १६, २०८१ बुधबार । सिन्धुलीमा नेपाली काँग्रेस पार्टीका सबै सांगठानिक गतिविधी प्रभावकारी बनाउन जिम्मेवारी बोधको खाँचो औल्याइएको छ ।

RadioSiddhababa

बीपी राजमार्ग पुनःनिर्माणको लागि स्रोत सुनिश्चित गर्दै तत्काल निर्माण थाल्न सांसद दाहालको माग

सिन्धुली, पुष २५, २०८१ बिहिबार । सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल राजनले बनेपा–सिन्धुली–बर्दिबास (बीपी) राजमार्गको