उद्धब कुमार श्रेष्ठको अध्यक्षतामा राष्ट्रिय फोटो पत्रकार समूह सिन्धुली शाखा गठन
सिन्धुली, मंसिर ५, २०८१ बुधबार ।
राष्ट्रिय फोटो पत्रकार समूह सिन्धुलीको प्रथम जिल्ला भेला सिन्धुलीमाढीमा सम्पन्न भएको भएको छ । उद्धब कुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय जिल्ला शाखा गठन गर्दै भेला सम्पन्न भएको हो । भेला बाट राष्ट्रिय फोटो पत्रकार समूह सिन्धुलीको उपाध्यक्षमा बुद्ध नेपाली, सचिबमा राधिका बुढाथोकी, सहसचिबमा असोक काफ्ले, कोषाध्यक्षमा कुमार दुलाल चयन हुनुभएको छ । त्यस्तै आस्था विश्वकर्मा, बिमला रजन मगर, गंगा विशङखे, दिलिप कुमार श्रेष्ठ, राजकुमार श्रेष्ठ र पुनम सुनुवार सदस्यमा चयन हुनुभएको छ ।
राष्ट्रिय फोटो पत्रकार समूह सिन्धुलीको प्रथम भेलाको अवसरमा कार्यक्रमका प्रमुख अतिथी मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तान प्रख्यातले अहिलेको समयमा फोटो भिडीयो पत्रकारीता महत्वपुर्ण रहेको र पत्रकारीता क्षेत्रकोको विकासमा आफुले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
त्यस्तै कमलामाई नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्षय उज्वल कुमार थापाले पत्रकारीतामा प्रविधिको बिकाष संगै विकृती पनी बढेको हुदा यो कुरामा पनी ध्यान दिनुपर्ने बताउनु भएको छ ।
भेलाको अवसरमा नेपाल रेडक्रस सोसाईटी सिन्धुलीका सभापति अशोक श्रेष्ठले अहिलेको समयमा फोटो प्रत्रकारीता प्रभाबकारी रहेको बताउनु भएको छ । उहाँले जिल्लामा रहेको पत्रकारहरुलाई सम्मान तथा पुरस्कृत गर्नु पर्नेमा समेत जोड दिनुभएको छ ।
राष्ट्रिय फोटो पत्रकार समूह सिन्धुलीको प्रथम भेलामा नेपाल पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष टिका जंङ थापा, प्रेस यूनियन सिन्धुलीका अध्यक्ष बरुण लामीछाने, प्रेस सेन्टर नेपाल सिन्धुलीका अध्यक्ष नविन श्रेष्ठ लगायत सन्चारकर्मिहरुको उपस्थीति रहेको थियो ।
अन्तराष्ट्रिय बाल दिवसको अबसरमा कमलामाई नगरपालिका ९ मा ¥याली तथा अन्तरक्रियाको आयोजना
सिन्धुली, मंसिर ५, २०८१ बुधबार । अन्तराष्ट्रिय बाल अधिकार दिवस २०२४ को अबसरमा सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमानमा ¥याली तथा अन्तरक्रिया
भगवती बाल क्लबले मनायो अन्तर्राष्ट्रिय बाल दिवस
सिन्धुली, मंसिर ५, २०८१ बुधबार । ७१ औँ अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा भगवती बाल क्लबले प्रभात फेरी एवम् लोकतान्त्रिक कोण सभा गरि मनाएको छ ।
सिन्धुलीमा विपन्न परिवारका युवा जनशक्ती विभिन्न व्यवसाय गरी स्वरोजगार बन्न प्रयास गर्दै
सिन्धुली, मंसिर ५ २०८१ बुधवार । सिन्धुलीका विपन्न तथा पिछडिएका परिवारका युवा जनशक्तीले आफ्नै गाउँ तथा शहरमा स्वरोजगार बन्ने गरी आत्मविश्वासका साथ
प्रतिकृया दिनुहोस