सिन्धुलीमा विपन्न परिवारका युवा जनशक्ती विभिन्न व्यवसाय गरी स्वरोजगार बन्न प्रयास गर्दै

RadioSiddhababa


सिन्धुली, मंसिर ५ २०८१ बुधवार ।


सिन्धुलीका विपन्न तथा पिछडिएका परिवारका युवा जनशक्तीले आफ्नै गाउँ तथा शहरमा स्वरोजगार बन्ने गरी आत्मविश्वासका साथ काम गर्न प्रतिवद्ध रहेको प्रतिक्रिया दिएकाछन् । प्लान नेपालको आर्थिक सहयोगमा सिड्स नेपाल सिन्धुलीले सञ्चालन गरेको दक्ष युवा परियोजना बाट सिप सिकेका तथा सहयोग पाएका युवाजनशक्तीले यस्तो प्रतिक्रिया दिएका हुन् ।


दुधौली नगरपालिका र सुनकोशी गाउँपालिकाको विभिन्न ठाउँमा सञ्चालन भएका पेशा व्यवसाय र कमलामाई ६ को पानीट्यांकीमा बहिराहरुको सहभागितामा सञ्चालन गरिएको खाजा पसलको जिल्ला स्तरिय सरोकारवालाद्धारा गरिएको संयुक्त अनुगमनका क्रममा युवा जनशक्तीले सिकेको सिपलाई सदुपयोग गर्दै स्वरोजगार बन्ने बताएकाछन् ।

 

पछिल्लो समय गाउँ तथा शहरका पढेलेखेका शिक्षित युवायुवतीले अरुकै देशमा आफ्नो श्रम, सिप र पसिना बगाई रहेका बेला विपन्न र पिछडिएका युवापिढीले सिपका आधारमा पेशा, व्यवसाय गरी स्वरोजगार बन्ने आत्मविश्वास बढाएकाहुन् । परियोजनाले सुनकोशी गाउँपालिकाका ६ मा किराना तथा चटपटे पसल सञ्चालन गर्न दिएको ५८ हजार बराबरको सामाग्री सहयोगबाट सञ्चालन गरिएका पसलबाट आम्दानी गर्न थालेको व्यवसायी चमेली श्रेष्ठले बताउनुभयो । 


यस्तै ३ सय ९० घण्टाको फ्यान, मोटर बनाउने भोकेशनल तालिम लिएका युवाले स्वरोजगार मुलक व्यवसायको शुरुवात गरेको बताएकाछन् । यसैगरी  व्युटिशियन, कुकको तालिम लिएका युवायुवतीले रोजगार सँगै स्वरोजगार चरणमा जाने प्रयास गरिरहेको बताएकाछन् । कुकको तालिम लिएका दुधौलीका बिनोद प्रसाद भट्टराईले रोजगार पछि स्वरोजगार हुने गरी सिपको सदुपयोग गरिरहेको बताउनुभयो । 


कमलामाई ६ पानीट्यांकीमा ५५ हजार बराबरको सहयोगमा सञ्चालनमा ल्याइएको बहिरा सहभागीहरुको सामुहिक खाजा पसलबाट पनि आम्दानी गर्ने हिम्मत बढेको उनीहरुको प्रतिक्रिया छ । उनीहरुले समोसा, नमकिन, मम लगायतका खाजा तयार गरी व्यवसाय अघि बढाएकाछन् ।


यता सुनकोसी ६ मा भने ५८ हजार बराबरको कुखुरा पालन सामाग्रीबाट मान बहादुर मुग्रातीले सञ्चालन गर्नु भएको कुखुरा फारम बाट पहिलो चरण आम्दानी भए पनि दोश्रो लटबाट सोचे जस्तो आम्दानी हुने संकेत नदेखिएको उन्का परिवारजनले बताएकाछन् ।  गाउँमा दाना, औषधी लगायतका सामान ढुवानी गर्न खर्च बढी हुने गरेको र बजारीकरणको पनि समस्या रहेकाले सोचे जस्तो आम्दानी गर्न चुनौती रहेको उनीहरुको भनाई छ ।


जिल्लाको मरिण र सुनकोशी गाउँपालिका तथा दुधौली नगरपालिकाका एक सय युवाजनशक्ती लाई रोजगार र सोही संख्याका युवाजनशक्तीलाई स्वरोजगार बनाउने उद्धेश्यले परियोजना सञ्चालनमा ल्याइएको सिड्स नेपाल सिन्धुलीले जनाएको छ । परियोजनाको सहयोगले बैदेशिक रोजगार रोज्ने युवा तथा घर व्यवहारमा केन्द्रित रहने युवतीहरु रोजगार सँगै स्वरोजगार बन्न आत्मविश्वासका साथ लागि परेको संस्थाको दक्ष युवा परियोजना संयोजक बिक्रम केसीले बताउनुभयो ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

अन्तराष्ट्रिय बाल दिवसको अबसरमा कमलामाई नगरपालिका ९ मा ¥याली तथा अन्तरक्रियाको आयोजना

सिन्धुली, मंसिर ५, २०८१ बुधबार ।   अन्तराष्ट्रिय बाल अधिकार दिवस २०२४ को अबसरमा सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमानमा ¥याली तथा अन्तरक्रिया

RadioSiddhababa

भगवती बाल क्लबले मनायो अन्तर्राष्ट्रिय बाल दिवस

सिन्धुली, मंसिर ५, २०८१ बुधबार ।   ७१ औँ अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा भगवती बाल क्लबले प्रभात फेरी एवम् लोकतान्त्रिक कोण सभा गरि मनाएको छ ।

RadioSiddhababa

उद्धब कुमार श्रेष्ठको अध्यक्षतामा राष्ट्रिय फोटो पत्रकार समूह सिन्धुली शाखा गठन

सिन्धुली, मंसिर ५, २०८१ बुधबार । राष्ट्रिय फोटो पत्रकार समूह सिन्धुलीको प्रथम जिल्ला भेला सिन्धुलीमाढीमा सम्पन्न भएको भएको छ । उद्धब कुमार