भगवती बाल क्लबले मनायो अन्तर्राष्ट्रिय बाल दिवस

RadioSiddhababa

सिन्धुली, मंसिर ५, २०८१ बुधबार ।

 

७१ औँ अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा भगवती बाल क्लबले प्रभात फेरी एवम् लोकतान्त्रिक कोण सभा गरि मनाएको छ । सिन्धुलीको भगवती अंग्रेजी आवासीय मा.वि. अन्तर्गत वि.सं.२०६४ सालमा स्थापित भगवती बाल क्लबले प्रभात फेरी एवम् लोकतान्त्रिक चोकमा कोण सभा गरी बाल दिवस भव्यताका साथ मनाएको हो ।
“हरेक बालबालिकाका लागि बाल अधिकार” मुल नाराका साथ बाल क्लबका अध्यक्ष रसिक काफ्लेको अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको हो ।

 


 

बालबालिकाका प्रतिभाहरुलाई बिना रोकटोक उजागर गर्ने वातावरण घर होस् वा विद्यालय होस् वा अन्यत्र सार्वजनिक स्थलहोस् सबै ठाउँमा बन्नुपर्ने धारणा राख्दै अध्यक्ष काफ्लेले विद्यालयका सबै तहका विद्यार्थीहरुको प्रतिभालाई उजागर गर्ने गरी यो भव्य कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । 


कार्यक्रममा विद्यालयका संस्थापक एवम् प्रधानाध्यापक कृष्ण कुमार उप्रेतीले आफ्नो विद्यालयमा संस्कार र सिर्जनशीलता दुवै मुख्य रहेको र सो अनुरुप भविष्यका कर्णधार विद्यार्थीहरुलाई सहजीकरण गरिने बताउँदै बाल दिवसको अवसरमा भगवती बाल क्लबले भव्य र सभ्य कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । 

 


बाल क्लबका सबै पदाधिकारीहरुले कार्यक्रमलाई चुस्त दुरुस्त र मर्यादित बनाउन स्वयंसेवकको भूमिका निर्वाह गरेका थिए भने क्लबका सचिव अभिजित मण्डल र सदस्य अन्विश दाहालले कार्यक्रममा आफ्नो सारगर्वित मन्तव्य राखेका थिए । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

अन्तराष्ट्रिय बाल दिवसको अबसरमा कमलामाई नगरपालिका ९ मा ¥याली तथा अन्तरक्रियाको आयोजना

सिन्धुली, मंसिर ५, २०८१ बुधबार ।   अन्तराष्ट्रिय बाल अधिकार दिवस २०२४ को अबसरमा सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमानमा ¥याली तथा अन्तरक्रिया

RadioSiddhababa

उद्धब कुमार श्रेष्ठको अध्यक्षतामा राष्ट्रिय फोटो पत्रकार समूह सिन्धुली शाखा गठन

सिन्धुली, मंसिर ५, २०८१ बुधबार । राष्ट्रिय फोटो पत्रकार समूह सिन्धुलीको प्रथम जिल्ला भेला सिन्धुलीमाढीमा सम्पन्न भएको भएको छ । उद्धब कुमार

RadioSiddhababa

सिन्धुलीमा विपन्न परिवारका युवा जनशक्ती विभिन्न व्यवसाय गरी स्वरोजगार बन्न प्रयास गर्दै

सिन्धुली, मंसिर ५ २०८१ बुधवार । सिन्धुलीका विपन्न तथा पिछडिएका परिवारका युवा जनशक्तीले आफ्नै गाउँ तथा शहरमा स्वरोजगार बन्ने गरी आत्मविश्वासका साथ