हरिहरपुरगढी गाउँपालिका १ स्थित सम्झना प्राथमिक बिद्यालयको नवनिर्मित भवन उद्धघाटन
सिन्धुली, मंसिर ३, २०८१ सोमबार ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका १ गुर्जीडाँडामा रहेको सम्झना प्राथमिक बिद्यालयको नवनिर्मित भवनको उद्धघाटन गरिएको छ । सिन्धुली क्षेत्र नं. २ का प्रतिनिधी सभा सदस्य लेखनाथ दाहाल राजनले नवनिर्मित बिद्यालय भवनको उद्धघाटन गर्नुभएको हो । संघिय सरकारको बिशेष अनुदानमा निर्माण भएको ४ कोठे भवन ३४ लाख ३७ हजार ८ सय ८० रुपैया ८२ पैसामा कुण्डलिनी कन्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. कमलामाई ६ ले निर्माण गरेको हो ।
भवन उद्धघाटन कार्यक्रमको अवसरमा प्रतिनिधी सभा सदस्य लेखनाथ दाहाल राजनले सहिदको नाममा निर्माण भएको बिद्यालय भवनलाई थप ब्यवस्थित बनाउनको लागि बिद्यालयमा आवश्यक डेस्क, बेन्च, शौचालय, खानेपानी, बिद्यालय घेराबेरा लगायतमा समेत आवश्यक सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । साथै हरिहरपुरगढी गाउँपालिकालाईसमृद्ध बनाउन विकासका पूर्वाधार संगै पर्यटक आगमनको लागि सौदर्यता बनाउनुपर्ने बताउनुभएको छ ।
हरिहरपुरगढी गाउँपालिकालाई समृद्ध बनाउनको लागि पालिकामा सडक, पुल, अस्पताल लगायतका योजनाहरु बहुबर्षिय ठेक्का प्रक्रिया मार्फत काम भइरहेको उहाँले बताउनुभयो । शिक्षा, स्वास्थ्य, खोनपानी। कृषि, सडक, बिजुली लगायतका क्षेत्रहरु आवश्यकताका आधारमा प्राथमिकीकरण गरेकाले त्यसै अनुसार बजेट बिनियोजन गर्दै जाने उहाँले बताउनुभयो ।
कार्यक्रममा हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्र ध्वज वाइवाले हरिहरपुरगढी गाउँपालिकाले बिस्तारै विकासको गति लिइरहेकाले आफ्नो ठाउँमा भएका यस्ता किसिमको विकास निर्माणको काममा स्थानीयले अपनत्व गर्नुपर्ने बताउनुभएको छ । संघिय सरकारको अनुदानमा गाउँपलिकामा बिभिन्न बिद्यालयको भवनहरु निर्माण भएको र निर्माणको चरणमा रहेको उहाँले बताउनुभयो । गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको बताउदै शिक्षा क्षेत्रको सुधार संगै भौतीक संरचनाको विकास गर्दै जाने उहाँले बताउनुभयो ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नजरमान स्याङतानको अध्यक्षतामा भएको बिद्यालय भवन उद्धघाटन कार्यक्रममा प्रतिनिधी सभा सदस्य लेखनाथ दाहाल राजन, हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्र ध्वज वाइवा, प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र पैकरा, बिभिन्न वडाका वडा अध्यक्षहरु, पालिकाका कर्मचारी लगायत स्थानीयको उपस्थिती रहेको थियो ।
अन्तराष्ट्रिय बाल दिवसको अबसरमा कमलामाई नगरपालिका ९ मा ¥याली तथा अन्तरक्रियाको आयोजना
सिन्धुली, मंसिर ५, २०८१ बुधबार । अन्तराष्ट्रिय बाल अधिकार दिवस २०२४ को अबसरमा सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमानमा ¥याली तथा अन्तरक्रिया
भगवती बाल क्लबले मनायो अन्तर्राष्ट्रिय बाल दिवस
सिन्धुली, मंसिर ५, २०८१ बुधबार । ७१ औँ अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा भगवती बाल क्लबले प्रभात फेरी एवम् कोण सभा गरि मनाएको छ । सिन्धुलीको
उद्धब कुमार श्रेष्ठको अध्यक्षतामा राष्ट्रिय फोटो पत्रकार समूह सिन्धुली शाखा गठन
सिन्धुली, मंसिर ५, २०८१ बुधबार । राष्ट्रिय फोटो पत्रकार समूह सिन्धुलीको प्रथम जिल्ला भेला सिन्धुलीमाढीमा सम्पन्न भएको भएको छ । उद्धब कुमार
प्रतिकृया दिनुहोस