अन्तराष्ट्रिय बाल दिवसको अबसरमा कमलामाई नगरपालिका ९ मा ¥याली तथा अन्तरक्रियाको आयोजना

RadioSiddhababa

सिन्धुली, मंसिर ५, २०८१ बुधबार ।

 

अन्तराष्ट्रिय बाल अधिकार दिवस २०२४ को अबसरमा सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमानमा ¥याली तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । “बालबालिकामा लगानी सुनिश्चत भविष्यको थालनी”  भन्ने नारा सहित  कमलामाई नगरपालिका सिन्धुली र वडा नंं. ९ को आयोजनामा ¥याली तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो । वडा नम्बर ९ का वडा अध्यक्ष विनोद प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा कमलामाई नगरपालिकाका नगर उपप्रमुख मन्जु देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।

 

कार्यक्रमको अवसरमा कमलामाई नगरपालिका उपप्रमुख मन्जु देवकोटाले बालबालिका भनेको भोलिका देशका कर्णधार भएको बताउनुभएको छ । उनीहरु अहिले माटोको भाडो जस्तै हुने भएकाले अहिले जस्तो बन्यो पछि त्यस्तै हुने बताउनुभयो । उहाँले बालबालिकाको शिक्षा, स्वास्थ्य, स्वरोजगारको क्षेत्रमा कमलामाई नगरपालिकाले काम गरीरहेको र आगामी दिनमा पनि विशेष प्राथमिकतामा राख्ने बताउनुभएको छ ।


कार्यक्रममा कमलामाई नगरपालिका ९ का वडा अध्यक्ष विनोद प्रधानले सम्पुर्ण बालबालिकाहरु बाल अधिकारको क्षेत्रमा सक्रिय भएर लाग्नुपर्ने बताउनु भएको छ । साथै आगामी दिनहरुमा पनि बालबालिकाको क्षेत्रमा धेरै कार्यक्रम गर्ने उहाँले बताउनुभयो । अन्तरक्रिया कार्यक्रममा बालबालिका हरुले बालबाललिकाको बिषय संग सम्बन्धीत विभिन्न प्रश्नहरु राखेका थिए ।


¥याली तथा अन्तरक्रिया कार्यक्रममा कमलामाई नगरपालिका उपप्रमुख मन्जु देवकोटा, वडा नंं. ९ का वडा अध्यक्ष विनोद प्रधान, रिलिफ नेपाल सिन्धुलीका अध्यक्ष दुर्गा पौडेल, शिक्षक तथा कर्मचारीहरु, बिद्यार्थीहरु लगायतको उपस्थीति रहेको थियो । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

भगवती बाल क्लबले मनायो अन्तर्राष्ट्रिय बाल दिवस

सिन्धुली, मंसिर ५, २०८१ बुधबार ।   ७१ औँ अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा भगवती बाल क्लबले प्रभात फेरी एवम् लोकतान्त्रिक कोण सभा गरि मनाएको छ ।

RadioSiddhababa

उद्धब कुमार श्रेष्ठको अध्यक्षतामा राष्ट्रिय फोटो पत्रकार समूह सिन्धुली शाखा गठन

सिन्धुली, मंसिर ५, २०८१ बुधबार । राष्ट्रिय फोटो पत्रकार समूह सिन्धुलीको प्रथम जिल्ला भेला सिन्धुलीमाढीमा सम्पन्न भएको भएको छ । उद्धब कुमार

RadioSiddhababa

सिन्धुलीमा विपन्न परिवारका युवा जनशक्ती विभिन्न व्यवसाय गरी स्वरोजगार बन्न प्रयास गर्दै

सिन्धुली, मंसिर ५ २०८१ बुधवार । सिन्धुलीका विपन्न तथा पिछडिएका परिवारका युवा जनशक्तीले आफ्नै गाउँ तथा शहरमा स्वरोजगार बन्ने गरी आत्मविश्वासका साथ