आउदो निर्वाचनमा कांग्रेस र एमाले बिच नै देशब्यापी प्रतिष्पर्धा हुने ः डाक्टर भट्टराई

सिन्धुली, भदौ ६, २०८१ बिहिबार ।
नेकपा एमाले र नेपाली कांग्रेसले सहमतीमा सत्ता संचालन गरेपनि आगामी निर्वाचनमा भने एमाले एक्लैने निर्वाचन लड्ने नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्ज डाक्टर राजन भट्टराईले बताउनुभएको छ । प्रेस चौतारी नेपाल सिन्धुलीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार संचालनको एमाले संग गठबन्दन भएपनि एकलौटी ढंगबाट सरकार संचालन गरेका कारण माओवादी संगको गठबन्दन तोडेर कांग्रेस संग सहमती गर्नुपरेको डाक्टर भट्टराईले बताउनुभयो । उहाँले व्यवस्था विरोधी शक्तिहरुका कारण वर्तमान व्यवस्थामाथि नै प्रश्न उठ्न थालेकोले व्यवस्था जोगाउन दुई पार्टी एक ठाउँमा उभिएको बताउनुभयो । मुलुकलाई सही दिशामा अगाडि बढाउने शक्ति एमाले र कांग्रेसमात्रै भएको उहाँको दाबी छ ।
नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली प्रधानमन्त्री भएपश्चात आर्थिक अवस्था चलायमान भएको, शेयर बजारको कारोबार बढेको, बैंकहरुको निक्षेप बढेको, मृल्य बृद्धि कम हुदै पहिलो चौमासिकमै राज्यको अर्थतन्त्र बलियो बन्दै गएको उहाँको भनाई छ । कांग्रेस एमाले बिच भएको सहमती अनुसार २०८४ साल सम्म सरकार संचालन हुने उहाँले बताउनुभयो ।
बिगत देखि नै जबजब देशमा ठूला परिवर्तन भएका छन् तबतब एमाले कांग्रेसनै एक भएर ठूला परिवर्तनहरु संम्भव भएको बताउदै आउदो निर्वाचनमा कांग्रेस र एमाले बिच नै देशब्यापी प्रतिष्पर्धा हुने उहाँले बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी कमलामाई नगरपालिका ४ र ६ को वडा अधिवेशन सम्पन्न
सिन्धुली, चैत २४, २०८१ आइतबार । राष्ट्रिय स्वतन्त्र पार्टी कमलामाई नगरपालिका ४ र ६ को वडा अधिवेशन सम्पन्न भएको छ । नयाँ नेतृत्व चयन गर्दै कमलामाई

संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा नेकपा एमाले सिन्धुलीको जागरणसभा
सिन्धुली, चैत १८, २०८१ सोमबार । नेकपा एमाले सिन्धुलीले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जागरण सभा गरेको छ । मूलुकमा अस्थिरता र अराजकता

पूर्वराजा ज्ञानेन्द्र लाई हिंसा र गुण्डा गर्दी गर्न छुट छैन् ः प्रचण्ड
सिन्धुली, चैत १७, २०८१ आइतबार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाह लाई हिंसा र गुण्डा गर्दी गर्न
प्रतिकृया दिनुहोस