मरिण गाउँपालिकामा संचालित महिलालाई लक्षित स्वास्थ्य शिविरमा ४ सय ९३ जनाले सेवा लिए 

RadioSiddhababa

 

सिन्धुली, बैशाख ५, २०८१ बुधबार ।


सिन्धुलीको मरिण गाउँपालिकामा संचालित २ दिने निःशुल्क स्वास्थ्य शिविरमा ४ सय ९३ जनाले सेवा लिएका छन् । मरिण गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा पाठेघर जाँच र शंकास्पद क्षयरोगीहरुको लागि माइक्रोस्कोपी खकार जाचँ सम्बन्धी शिविरमा ४ सय ९३ जनाले सेवा लिएका हुन् । शिविरमा २ सय २४ जनाको क्यान्सरको लागि प्रारम्भीक जाँच (भिआइए) गरिएकोमा ६ जनामा क्यान्सर रोग संकास्पद रुपमा देखा परेको मरिण गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मधु लाखेले जानकारी दिनुभयो । 

 


 

शिविरमा पाठेघरको जाचँ गरिएका महिला मध्य १६ जनामा पाठेघर खस्ने समस्या देखा परेको र तत्काल अप्रेसन गर्नुपर्ने उहाँको भनाई छ । त्यस्तै शंकास्पद क्षयरोगीहरुको लागि माइक्रोस्कोपी मार्फत ७४ जनाको खकार जाचँ गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको उहाँले बताउनुभयो । शिविर मार्फत संकास्पद क्यान्सर देखिएका र पाठेघरको अप्रेसन गर्नुपर्ने बिरामीहरुलाई प्रादेशिक अस्पतालमा समन्वय गरि उपचारको ब्यवस्था मिलाइने स्वास्थ्य शाखा प्रमुख मधु लाखेले जानकारी दिनुभयो ।

 


आर्थिक स्थिती कमजोर भएका, अशक्त, रोगि, मानसिक सन्तुलन गुमाएका तथा भौगोलिक विकटता भएका महिलाहरुलाई लक्षित गरेर मंगलबार र बुधबार शिविर संचालन गरिएको मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तानले बताउनुभयो । मरिण गाउँपालिका वडा नं. १, २, ३ र ४ लाई लक्षित गरि मरिण गाउँपालिका ३ स्थित कल्पबृक्ष स्वास्थ्य चौकी र वडा नं. ५, ६ र ७ लाई लक्षित गरि मरिण गाउँपालिका ७ स्थित जयमंगल आधारभुत स्वास्थ्य केन्द्रमा शिविर संचालन गरिएको थियो ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

१ सय ९ जना मोतिबिन्दु भएका बिरामीहरुको निशुल्क शल्यक्रिया गरियो

  सिन्धुली, फागुन १३, २०८० आइतबार ।   सिन्धुलीमा निशुल्क आँखा अप्रेशन शिविर मार्फत १ सय ९ जना मोतिबिन्दु भएका बिरामीहरुको आखाँको शल्यक्रिया

RadioSiddhababa

सिन्धुलीमा डेङ्गी रोग फैलाउने लामखुट्टेको बासस्थान खोज्ने र लार्भा नष्ट गर्ने अभियान संचालन

  सिन्धुली, साउन २६, २०८० शुक्रबार । सिन्धुलीमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु भएको छ । स्वास्थ्य कार्यालय सिन्धुलीले डेङ्गी रोग

RadioSiddhababa

कमलामाई नगरपालिका १३ र १४ का गर्ववती, सुत्केरी महिला तथा बालबालिकाहरुलाई पोषण सामाग्री वितरण

  सिन्धुली, असार २६, २०८० मंगलबार ।  सिन्धुलीको कमलामाई नगरपालिका १३ र १४ का गर्ववती, सुत्केरी महिला तथा बालबालिकाहरुलाई पोषण सामाग्री वितरण