नेवाःदेय् दवु सिन्धुलीको दोस्रो जिल्ला अधिवेशन सिन्धुलीमाढीमा सम्पन्न

RadioSiddhababa

सिन्धुली, माघ १६, २०८१ बुधबार ।


नेवाःदेय् दवु जिल्ला कार्यसमिति सिन्धुलीको दोस्रो जिल्ला अधिवेशन सिन्धुलीमाढीमा सम्पन्न भएको छ । नेवाःदेय् दवु सिन्धुलीका अध्यक्ष राज कुमार श्रेष्ठको अध्यक्षता तथा नेवाःदेय् दवु का केन्द्रिय उपाध्यक्ष एवं बागमति प्रदेश इन्चार्ज शान्त श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।


अधिवेशनको अवसरमा सिन्धुलीका नेवार समुदायले आफ्नो पहिचान सहितको बाजागाजा सहित सिन्धुलीको २ नं. बजार बाट शान्तिनगर चोक सम्म र्यालीको आयोजना गरिएको छ । नेवाःदेय् दवु सिन्धुलीले आफ्नो संस्कृत पहिचानको लागि नेवा समुदायको रितिरिवाज र परम्पराको लागि बिभिन्न कामहरु गर्दै आइरहेको अध्यक्ष राज कुमार श्रेष्ठले बताउनुभयो । 


आगामी दिनमा नेवा संस्कृतिको जगेर्ना गर्ने उदेश्यले नेवा पुरेतको लागि प्रशिक्षण गराइने, धिमे बाजालाई मौलिक रुपमा प्रस्तुत गर्नको लागि युवा पुस्तालाई प्रशिक्षण गराइने, युवा पुस्ता तथा बिद्यालय स्तरमा नेवा भाषा सिकाउनको लागि स्थानीय स्तरमा समन्वय गरिने उहाँले बताउनुभयो ।


नेवाःदेय् दवु सिन्धुलीको नयाँ कार्यसमिति चयनको लागि अहिले बन्दसत्र भइरहेको र सर्वसहमतिको प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

SMC Winter Weak मा आयोजक टिम सिन्धुली बहुमुखि क्याम्पस प्रथम 

सिन्धुली, माघ १६, २०८१ बुधबार । सिन्धुली बहुमुखी क्याम्पसले आयोजना गरेको SMC Winter Weak शरदामणि खड्का स्मृति कप २०२५ को तेस्रोे दिन आज भलिबल पतियोगिताको

RadioSiddhababa

हरिहरपुरगढी गाउँपालिका ७ मा अवैध काठ सहित मिनी ट्रक प्रहरीको नियन्त्रणमा

सिन्धुली, माघ १६, २०८१ बुधबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका बाट प्रहरीले अवैध काठ बोकेको मिनी ट्रक नियन्त्रणमा लिएको छ । हरिहरपुरगढी

RadioSiddhababa

हरिहरपुरगढी गाउँपालिकाका ४ वटा वडाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

सिन्धुली, माघ १५, २०८१ मंगलबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका ४ वटा वडाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ । हरिहरपुरगढी