SMC Winter Weak शारदामणि खड्का स्मृतिकप २०२५ को समापन

RadioSiddhababa

सिन्धुली, माघ १७, २०८१ बिहिबार ।


सिन्धुली  बहुमुखी क्याम्पसले आयोजना गरेको SMC Winter Weak शारदामणि खड्का स्मृतिकप २०२५ को समापन गरिएको छ । सिन्धुली  बहुमुखी क्याम्पस प्रमुख भानु गुरुङको अध्यक्षता तथा कमलामाई नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बिच कार्यक्रमको समापन गरिएको हो । 

 

SMC Winter Weak शारदामणि खड्का स्मृतिकप २०२५ को अवसमा क्याम्पसले विभिन्न खेलकुद प्रतियोगिता संचालन गरेको थियो । प्रतियोगितामा ७ वडा विद्यालयको सहभागिता रहेको थियो । प्रतीयोगितामा ऐकेडेमिक इभेन्ट तर्फ सिन्धुली कलेज अफ होटेल म्यानेजमेन प्रथम, जनज्योति मा.वि. फोस्रेटार द्धितिय र भगवति इङ्लीस बोडिङ् स्कुल तृतिय भएको छ ।


तेस्तै भलिवल प्रतियोगिता खेल अन्तर्गत सिन्धुली बहुमुखि क्याम्पस प्रथम, जनजागृति मा.वि भिमान द्धितिय र गौमती मा.वि माडिबजार तृतिय भएको छ । ऐकेडेमिक इभेन्ट तर्फ प्रथम हुने टिमलाई नगद २५ हजारको साथमा सिल्ड मेडल र प्रमाण प्रत्र प्रदान गरीएको छ द्धितिय र तृतिय टिमलाई सिल्ड मेडल प्रदान गरीएको छ । 


त्यस्तै भलिबल प्रतियोगीतामा प्रथम हुने टिमलाई ३० हजार नगद सहित सिल्ड मेडल र प्रमाण पत्र प्रदान गरीएको छ । द्धितिय हुने टिमलाई २० हजार नगद सहित सिल्ड प्रमाण पत्र र तृतिय टिमलाइ १० हजार सिल्ड प्रमाण पत्र वितरण गरीएको सिन्धुली बहुमुखी क्याम्पस प्रमुख भानु गुरुङले जानकारी दिनुभयो ।


प्रतियोगिता समापनको अवसरमा स्वर्गीय शारदामणि खड्काको धर्मपत्नी सिता बुढाथोकीलाई दोसल्ला ओढाएर सम्मान गरीएको छ । क्यम्पसका शिक्षकहरुले पुर्व क्याम्पस प्रमुख शारदामणि खडले क्यप्पसमा गर्नुभएको योगदानमा भनाईहरु राखेका छन् ।


कार्यक्रमको अवसरमा कमलामाई पनगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले स्वर्गीय क्याम्पस प्रमुख खड्का मिजासिलो ब्यक्तित्व रहेको बताउदै उहाँले क्याम्पसमा गर्नुभएको योगदान अमुल्य रहेको बताउनु भएको छ । जन्मे पछि मान्छे मर्ने हुदा जिवित हुदा राम्रो कार्य गुर्न पर्ने उपस्थीतहरुलाई बताउनु भएको छ । उहाँले आगमिदिनमा क्याम्पसको कार्यहरुमा स्थानीय सरकारले सकेको सहयोग गर्ने प्रतीवद्धता समेत व्यक्त गर्नु भएको छ ।


कार्यक्रममा क्याम्पसका पुर्व शिक्षहरु प्रतियोगितामा सहभागी विद्यालयका शिक्षकहरु  विद्यार्थी लयायतको सहभागिता रहेको थियो । सिन्धुली बहुमुखी क्याम्पसका पूर्व क्यम्पस प्रमुख स्वर्गीय शारदामणि खड्काको सम्झनामा आयोजना गरिएको शारदामणि स्मृतिकप २०२५ आईतबार बाट सुरु भएको थियो ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुलीमाढीमा प्रथम खेलकुद महोत्सव शुरु, खेल र खेलाडीको पहिचान हुने अपेक्षा

सिन्धुली, फागुन ५, २०८१ सोमबार । सिन्धुलीमा आज बाट राष्ट्रपती रनिङशिल्ड प्रतियोगिता तथा प्रथम खेलकुद महोत्सव शुरु भएको छ । खेल र खेलाडीको पहिचान

RadioSiddhababa

फिक्कल गाउँपालिका स्तरिय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मा.वि. महादेव डाँडा प्रथम

सिन्धुली, फागुन १, २०८१ बिहिबार ।   फिक्कल गाउँपालिका स्तरिय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मा.वि. महादेव डाँडाले प्रथम स्थान हासिल

RadioSiddhababa

कमलामाई नगरपालिका स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि गौमती माविलाई

सिन्धुली, माघ २९, २०८१ मंगलबार । कमलामाई नगरपालिका स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि गौमती माविले जितेको छ । “स्वास्थ्यका