कर्मचारी युनियनको अध्यक्षमा दिनेश पोखरेल र कर्मचारी संगठनमा डिल्ली सौगात घिमिरे चयन

RadioSiddhababa

सिन्धुली, माघ १३, २०८१ आइतबार ।


सत्ता पक्षका दुई ठुला राजनितिक दलको वीचार पक्षधर सिन्धुलीका दुई निजामती कर्मचारी संघ संगठनले आफ्नो संघ संगठनको नयाँ नेतृत्व चयन गरेकाछन् । नेपाली काँग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको नेपाल निजामती कर्मचारी युनियन सिन्धुली र नेकपा एमालेको बिचार समर्थन गर्ने नेपाल निजामती कर्मचारी संगठनले आ आफ्नो अधिवेशन मार्फत नयाँ नेतृत्व चयन गरेका हुन् । 


युनियनको नवौ अधिवेशन बाट दिनेश पोखरेलको अध्यक्षतामा निर्विरोध नयाँ नेतृत्व चयन भएको हो भने संगठनको १२ औं अधिवेशनबाट डिल्ली सौगात घिमिरेको अध्यक्षतामा निर्विरोध नै नयाँ नेतृत्व चयन भएको छ । युनियनको उपाध्यक्षमा युवराज खड्का रत्न बहादुर तामागं, रिता कुमारी खड्का उपाध्यक्ष, दिपकराज अधिकारी सचिव, नवराज गौतम सहसचिव, जगदिशविक्रम कार्की कोषाध्यक्ष लगायत अन्य सदस्यमा निर्विरोध चयन हुनु भएको छ । 


अधिवेशन बाट ५ जना प्रदेश र ५ जना संघिय प्रतिनिधी पनि निर्विरोध चयन हुनु भएको छ । युनियनका कार्यवहाक जिल्ला अध्यक्ष पदमकुमार श्रेष्ठको अध्यक्षतामा हिजो कार्यक्रम गर्दै युनियनले आफ्नो अधिवेशन मार्फत नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाएको थियो ।


कार्यक्रमको उद्घाटन शत्रमा युनियनका केन्द्रिय पदाधिकारी तथा सदस्य, सिन्धुलीका प्रमुख जिल्ला अधिकारी, नेपाली काँग्रेसका जिल्ला तहका नेताहरुले अधिवेशनको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा बोल्ने बक्ता बाट संघिय निजामती ऐन आउन ढिला भएको र सरकारमा रहेको ठूला पाटीको प्रमुख सचेतक बाट कर्मचारीको संघ संगठनका सवालमा उठाएको धारणाका बारेमा पनि  आ आफ्ना भनाई राख्नु भएको थियो । 


यता संगठनको कार्यसमितिमा वेदराज काफ्ले, कोपीला अस्थानी मगर उपाध्यक्षमा, सरोज फुयाँल सचिवमा, जीतबहादुर खबी सहसचिवमा र चन्द्रबहादुर मगर कोषाध्यक्षमा तथा अन्य सदस्य निर्विरोध निर्वाचित भएका छन् । अधिवेशनबाट केन्द्रीय प्रतिनिधि र लेखा परिक्षण आयोग पनि निर्विरोध चयन भएकाछन् । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

हरिहरपुरगढी गाउँपालिकाका ४ वटा वडाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

सिन्धुली, माघ १५, २०८१ मंगलबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका ४ वटा वडाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ । हरिहरपुरगढी

RadioSiddhababa

कमलामाई नगरपालिकामा एचपिभी खोप अभियान सम्बन्धी अभिमुखिकरण सम्पन्न

सिन्धुली, माघ १४, २०८१ सोमबार । बालिकालाई दिइने एचपिभी खोप अभियान संचालनको लागि कमलामाई नगरपालिकामा अभिमुखीकरण कार्यक्रम संचालन गरिएको छ ।

RadioSiddhababa

कमलामाई नगरपालिका ४ स्थित प्रावि केराबारीका बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

सिन्धुली, माघ ११, २०८१ शुक्रबार ।   सिन्धुलीको कमलामाई नगरपालिका ४ स्थित प्रावि केराबारीका बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।