सिन्धुलीमाढी स्थित बसपार्कमा अपाङ्गता सम्बन्धी जनचेतना मुलक होडिङ बोर्ड स्थापना

RadioSiddhababa

सिन्धुली, माघ ११, २०८१ शुक्रबार ।


सिन्धुलीमाढी स्थित बसपार्कमा अपाङ्गता सम्बन्धी जनचेतना मुलक होडिङ बोर्ड राखीएको छ । सिन्धुली अपाङ्ग महिला संघका अध्यक्ष दिल कुमारी देवकोटाको अध्यक्षता तथा कमलामाई नगरपालिकाका उपप्रमुख मन्जु देवकोटाको प्रमुख आतिथ्यतामा सिन्धुलीमाढी स्थित बसपार्कमा सिन्धुली अपाङ्ग महिला संघले होडिङ बोर्ड राखेको हो ।


अपाङ्गता भएका ब्यक्तिलाई समाजले हेर्ने दृष्टिकोण परिवर्तन गर्न जरुरी रहेकाले एक ब्यक्तिलाई गएर सचेत गराउनुभन्दा पनि सार्वजनिक स्थलमा यसरी राखीएको सुचना मार्फत धेरैले जानकारी प्राप्त गर्ने भएकाले होडिङ बोर्डको स्थापना गरिएको सिन्धुली अपाङ्ग महिला संघकी अध्यक्ष दिल कुमारी देवकोटाले बताउनुभयो । 


यस्ता किसीमका कार्यक्रमले अपाङ्गता भएका ब्यक्तिहरुको कुरा समाजमा बुझाउन सजिलो हुने बिश्वास राखीएको छ । सार्वजनिक सवारीमा यात्रा गर्दा अपाङ्गता भएका ब्यक्तिहरुले बिभिन्न समस्या भोग्दै आएकाले सचेतना जगाउनको लागि पनि बसपार्कमा होडिङ बोर्ड राखीएको र आगामी दिनमा बिभिन्न सार्वजनिक स्थलहरुमा यस्ता बोर्डहरु राखीने उहाँले बताउनुभयो । 


कार्यक्रमको अवसरमा कमलामाई नगरपालिकाका उपप्रमुख मन्जु देवकोटाले सार्वजनिक स्थलमा यस्ता जनचेतना मुलक होडिङ बोर्ड राख्ने कार्यक्रम अत्यन्तै प्रभावकारी भएकाले यसलाई अझ बिस्तार गर्दै लैजानुपर्ने बताउनुभएको छ । अपाङ्गता भएका हरुको संरक्षण र संवर्धनको लागी तीनवटै तहका सरकार लागीपरिरहेको उहाँको भनाई छ । 


होडिङ बोर्डमा अपाङ्गता भएका ब्यक्तिले यातायातमा राज्यबाट आरक्षण सिट र भाडादार, अपाङ्गता भएका ब्यक्तिलाई सम्बोधन गर्दा प्रयोग गर्नुपर्ने मर्यादित र सहि शब्दावली, कुनै समस्या पर्दा खबर गर्नको लागि सम्बन्धित निकायको फोन नम्बरहरु राखीएको छ । 


कार्यक्रममा कमलामाई नगरपालिका ६ का वडा अध्यक्ष उज्वल कुमार थापा, सामाजिक विकास शाखा प्रमुख तुलसी प्रसाद कोइराला, महिला बलाबालिका तथा समाज कल्याण शाखा प्रमुख इन्दिरा थापा, जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधी स्थानीयहरुको उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस
RadioSiddhababa

हरिहरपुरगढी गाउँपालिकाका ४ वटा वडाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

सिन्धुली, माघ १५, २०८१ मंगलबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका ४ वटा वडाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ । हरिहरपुरगढी

RadioSiddhababa

कमलामाई नगरपालिकामा एचपिभी खोप अभियान सम्बन्धी अभिमुखिकरण सम्पन्न

सिन्धुली, माघ १४, २०८१ सोमबार । बालिकालाई दिइने एचपिभी खोप अभियान संचालनको लागि कमलामाई नगरपालिकामा अभिमुखीकरण कार्यक्रम संचालन गरिएको छ ।

RadioSiddhababa

कर्मचारी युनियनको अध्यक्षमा दिनेश पोखरेल र कर्मचारी संगठनमा डिल्ली सौगात घिमिरे चयन

सिन्धुली, माघ १३, २०८१ आइतबार । सत्ता पक्षका दुई ठुला राजनितिक दलको वीचार पक्षधर सिन्धुलीका दुई निजामती कर्मचारी संघ संगठनले आफ्नो संघ संगठनको नयाँ