हरिहरपुरगढी गाउँपालिकाका ४ वटा वडाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
सिन्धुली, माघ १५, २०८१ मंगलबार ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका ४ वटा वडाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ । हरिहरपुरगढी गाउँपालिका मातहतका वडा कार्यालय मार्फत आर्थिक बर्ष २०८१÷८२ मा प्रवाह भएको वस्तु तथा सेवाको गुणस्तर सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम ४ वटा वडामा सम्पन्न गरिएको हो ।
हरिहरपुरगढी गाउँपालिका ५ मा वडा अध्यक्ष साईला लामाको अध्यक्षता प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र कुमार पैकराको प्रमुख आतिथ्यता, वडा नं. ४ का वडा अध्यक्ष कमल कुमार राई, वडा सदस्यहरु, बिषयगत शाखाका प्रमुख हरु, स्थानीय लगायतको उपस्थितीमा वडा नं. ४ र ५ को सार्वजनिक सुनुवाई कार्यक्रम संयुक्त रुपमा गरिएको छ । त्यस्तै वडा नं. ३ मा वडा अध्यक्ष कुल बहादुर भोलनको अध्यक्षता र वडा नं. २ मा वडा अध्यक्ष विश्व राईको अध्यक्षतामा कार्यक्रम गरिएको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा चालू आर्थिक बर्षको हालसम्म वडा कार्यालय मार्फत प्रवाह भएका सेवाहरु, कार्यक्रम तथा योजनाहरु कार्यान्वयनको अवस्था, प्राप्त राजस्व लगायतको बिषयमा सम्बन्धीत वडा सचिवहरुले जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा वडा नं. ४ मा सामाजिक सुरक्षा भत्ताको नविकरण नभएका, सामाजिक सुरक्षा भत्ताको रकम बैंकले खजुरा दिने भएकाले समस्या भएको, स्वास्थ्य चौकीमा फार्मेसीको ब्यवस्था हुनुर्पे, ४ मा खेलकुदको क्षेत्रमा उचित बजेट ब्यवस्थापन नभएको, सम्पन्न भएको योजनाहरु समयमा अनुगमन नभएको लगायतको प्रश्नहरु नागरिकले राखेका थिए ।
नागरिकको जिज्ञासा र गुनासोलाई सम्बन्धीत वडा अध्यक्ष र गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र कुमार पैकराले सम्बोधन गर्नुभएको थियो । सामाजिक सुरक्षा भत्ता नविकरण वडा सचिवको लापर्वाहिका कारण छुटेकाले आगामी दिनमा यस्तो नगर्न निर्देशन दिदै सामाजिक सुरक्षा भत्तामा खुजुरा रकम दिने बैंकलाई तत्कालै कुरा गर्ने उहाँले प्रतिबद्धता जनाउनुएको छ । स्वास्थ्य चौकीमा फार्मेसी राख्नको लागि ब्यवस्थापकिय कामहरु भइरहेको, आगामी दिनमा खेल क्षेत्रमा अझै बजेट हरु ल्याउने बताउदै योजनाहरुको अनुगमन समयमै गर्न अनुगमन समितिलाई आग्रह गर्नुभएको छ ।
त्यस्तै वडा नं. ३ मा खानेपानीको अभाव, बालक्लव हरुको कार्यक्रम कार्यान्वय नहुनुको कारण, गाउँपालिकाको रातो किताब ढिलो आउनुको कारण, कृषि क्षेत्रमा सिंचाईको अभाव लगायतको बिषयमा नागरिकले गुनासो राखेका थिए । नागरिकको गुनासो सम्बोधन गर्नुहुदै वडा अध्यक्ष कुल बहादुर भोलन र प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र कुमरा पैकराले खानेपानीको समस्या समाधानको लागि पहल गर्ने, अर्को बर्षदेखि पालिकाको रातो किताब समयमै छपाउने, सिंचाई सुविधाको लागि योजनाहरु ल्याउने प्रतिबद्धता जनाउनुभएको छ ।
त्यस्तै खोला क्षेउमा तटबन्द गर्नुपर्ने, गएको असोजमा आएको बाढी पिडितको लागि उचित राहतको ब्यवस्था गर्नुपर्ने, निर्माणधीन दलित भवन निर्माण सम्पन्न नहुनुको कारण, खानेपानीको ब्यवस्थापन, पशु प्राविधिक र कृषी प्राविधिकको उपलब्ध हुनुपर्ने, सडक बत्ती जडान गर्नुपर्ने लगायतको बिषयमा वडा नं. २ का नागरिक हरुले गुनासो तथा सुझाव दिएका छन् ।
नागरिकको गुनासोहरुलाई सम्बोधन गर्नुहुदै वडा अध्यक्ष बिश्व राईले गाउँपालिका भरिको वडाहरु मध्य सबैभन्दा धेरै आन्तरिक राजस्व संकलन हुने वडा नं. २ नै भएकाले बिकास निर्माणको काम हरु पनि भइरहेको बताउनुभएको छ । आफ्नो कार्यकालमा सुरु गरेको काम जसरी पनि सम्बोधन गर्ने केहि योजनाहरु भर्खरै सम्पन्न गाउँपालिकाको हिउदे अधिवेसन बाट पारीत भएको र केहि योजनाहरुलाई आगामी आर्थिक बर्षको योजनामा समेटिने उहाँको भनाई छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा वडा सदस्यहरु, कार्यपालिका सदस्य, बुद्धिजिवी, महिला, राजनैतिक दलका प्रतिनिधी लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो ।
नेवाःदेय् दवु सिन्धुलीको दोस्रो जिल्ला अधिवेशन सिन्धुलीमाढीमा सम्पन्न
सिन्धुली, माघ १६, २०८१ बुधबार । नेवाःदेय् दवु जिल्ला कार्यसमिति सिन्धुलीको दोस्रो जिल्ला अधिवेशन सिन्धुलीमाढीमा सम्पन्न भएको छ । नेवाःदेय् दवु
SMC Winter Weak मा आयोजक टिम सिन्धुली बहुमुखि क्याम्पस प्रथम
सिन्धुली, माघ १६, २०८१ बुधबार । सिन्धुली बहुमुखी क्याम्पसले आयोजना गरेको SMC Winter Weak शरदामणि खड्का स्मृति कप २०२५ को तेस्रोे दिन आज भलिबल पतियोगिताको
हरिहरपुरगढी गाउँपालिका ७ मा अवैध काठ सहित मिनी ट्रक प्रहरीको नियन्त्रणमा
सिन्धुली, माघ १६, २०८१ बुधबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका बाट प्रहरीले अवैध काठ बोकेको मिनी ट्रक नियन्त्रणमा लिएको छ । हरिहरपुरगढी
प्रतिकृया दिनुहोस