कमलामाई नगरपालिका ४ स्थित प्रावि केराबारीका बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
सिन्धुली, माघ ११, २०८१ शुक्रबार ।
सिन्धुलीको कमलामाई नगरपालिका ४ स्थित प्रावि केराबारीका बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । कमलामाई नगरपालिका वडा नं. ४ को आर्थिक बर्ष २०८१÷८२ को बजेट बाट बिनियोजन गरिएको ८० हजार बजेट बाट बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गंगा थापाको अध्यक्षता तथा कमलामाई नगरपालिका ४ का वडा अध्यक्ष महेन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यतामा ४२ जना बालबालिकाहरुलाई १ बर्षलाई पुग्ने स्टेशनरीका समान, ब्याग र टोपी वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
प्रावि केराबारीका अध्यनरत सबै बालिबालिकाहरु जनजाति समुदायका रहेका छन् । कार्यक्रमको अवसरमा वडा नं. ४ का वडा अध्यक्ष महेन्द्र प्रसाद ढकालले बिद्यालयको भवन जिर्ण भएकाले सुविधा सम्पन्न भवन र खानेपानी निर्माणको लागि बागमति प्रदेश सरकार संग समन्वय गरि छलफल भइरहेको बताउनुभएको छ ।
कार्यक्रममा वडा नं. ४ का वडा सचिव रविन योञ्जन, बिद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष, ब्यवस्थापन समितिका सदस्यहरु, अभिभावक बिद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।
हरिहरपुरगढी गाउँपालिकाका ४ वटा वडाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
सिन्धुली, माघ १५, २०८१ मंगलबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका ४ वटा वडाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ । हरिहरपुरगढी
कमलामाई नगरपालिकामा एचपिभी खोप अभियान सम्बन्धी अभिमुखिकरण सम्पन्न
सिन्धुली, माघ १४, २०८१ सोमबार । बालिकालाई दिइने एचपिभी खोप अभियान संचालनको लागि कमलामाई नगरपालिकामा अभिमुखीकरण कार्यक्रम संचालन गरिएको छ ।
कर्मचारी युनियनको अध्यक्षमा दिनेश पोखरेल र कर्मचारी संगठनमा डिल्ली सौगात घिमिरे चयन
सिन्धुली, माघ १३, २०८१ आइतबार । सत्ता पक्षका दुई ठुला राजनितिक दलको वीचार पक्षधर सिन्धुलीका दुई निजामती कर्मचारी संघ संगठनले आफ्नो संघ संगठनको नयाँ
प्रतिकृया दिनुहोस