सिन्धुलीका झण्डै १५ हजार किशोरीलाई माघ २२ गते देखि २८ गते सम्म एचपिभी खोप लगाइदै 

RadioSiddhababa


सिन्धुली, माघ १५ २०८१ मङ्गलबार । 


सिन्धुलीमा यही माघ २२ गते देखि २८ गते सम्म सञ्चालन गर्न लागिएको एचपिभी खोप अभियानमा जिल्लाका झण्डै १५ हजार किशोरीलाई खोप प्रदान गरिने भएको छ । महिलाहरुमा हुने क्यान्सर रोग मध्य चौथोमा रहेको उक्त रोग निवारणका लागि जिल्लाका १० बर्ष देखि १४ वर्ष सम्मका किशोरीलाई उक्त खोप प्रदान गर्न लागिएको हो । 


जिल्लाको नौ वटा स्थानिय तहका विद्यालयमा अध्ययनरत  १४ हजार ५ सय ५ र विद्यालय बाहिर रहेका १ सय १७ किशोरी लाई गरी १४ हजार ६ सय २२ जना किशोरीलाई खोप प्रदान गर्न लागिएको जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । जिल्लाको ३ सय ३ खोप केन्द्र बाट २ सय २३ स्वास्थ्यकर्मी र ४ सय ६२ स्वयंसेवक परिचालन गरी  खोप अभियान सञ्चालन गरिने कार्यालयको भनाई छ । 


नेपाल सरकारको तेश्रो पटकको यस अभियान अन्तरगत आर्थिक वर्ष २०८१।०८२ मा उक्त रोग निवारणका लागि आवश्यक तयारी पुरा गरी अभियान सञ्चालन गर्न लागिएको कार्यालयका खोप निरिक्षक अर्थात यस खोप अभियानका प्रवक्ता पुष्पराज पन्तले जानकारी दिनुभयो । यस खोप अभियानमा विद्यालयमा रहेका र विद्यालय बाहिर रहेका सबै किशोरीहरुलाई सामेल हुन पन्तले आग्रह पनि गर्नुभयो । 


जिल्लामा खोप समिति र सञ्चारकर्मी बीच भएको अभिमुखीकरण कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाले सबैको सहयोगमा यस खोप अभियान सफल पार्नुपर्ने बताउनुभयो । कार्यक्रममा सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्माले संघिय सरकार सँगै प्रदेश र स्थानिय तह मातहतका सबै निकायका श्रोत साधनको परिचालन गरी अभियान सफल बनाउनु पर्नेमा जोड दिनुभयो । 


नेपालमा हरेक वर्ष २ हजार १ सय ६९ जना महिलालाई पाठेघरको मुखमा क्यान्सर हुने गरेको तथ्यांक छ । जसका कारण  १ हजार ३ सय १३ जना महिलाको मृत्यु भएको पनि तथ्यांक छ । 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

मरिण गाउँपालिकामा संचालित महिलालाई लक्षित स्वास्थ्य शिविरमा ४ सय ९३ जनाले सेवा लिए 

  सिन्धुली, बैशाख ५, २०८१ बुधबार । सिन्धुलीको मरिण गाउँपालिकामा संचालित २ दिने निःशुल्क स्वास्थ्य शिविरमा ४ सय ९३ जनाले सेवा लिएका छन् । मरिण

RadioSiddhababa

१ सय ९ जना मोतिबिन्दु भएका बिरामीहरुको निशुल्क शल्यक्रिया गरियो

  सिन्धुली, फागुन १३, २०८० आइतबार ।   सिन्धुलीमा निशुल्क आँखा अप्रेशन शिविर मार्फत १ सय ९ जना मोतिबिन्दु भएका बिरामीहरुको आखाँको शल्यक्रिया

RadioSiddhababa

सिन्धुलीमा डेङ्गी रोग फैलाउने लामखुट्टेको बासस्थान खोज्ने र लार्भा नष्ट गर्ने अभियान संचालन

  सिन्धुली, साउन २६, २०८० शुक्रबार । सिन्धुलीमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु भएको छ । स्वास्थ्य कार्यालय सिन्धुलीले डेङ्गी रोग