सिन्धुलीमा डेङ्गी रोग फैलाउने लामखुट्टेको बासस्थान खोज्ने र लार्भा नष्ट गर्ने अभियान संचालन

RadioSiddhababa

 

सिन्धुली, साउन २६, २०८० शुक्रबार ।


सिन्धुलीमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु भएको छ । स्वास्थ्य कार्यालय सिन्धुलीले डेङ्गी रोग सार्ने लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्न सुरुवात गरेको हो । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सम्बन्धित सरोकारवालाहरुको उपस्थितिमा सिन्धुलीमाढी बजार क्षेत्रमा लार्भा खोज्दै नष्ट गर्ने र डेङ्गी बाट बच्ने चेतना नागरिकलाई दिन अभियाननै  थालिएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख राजन प्रसाद पोखरेलले जानकारी दिनुभयो । डेङ्गीको जोखिम कम गर्न र सावधानी अपनाउनका लागि लामखुट्टेको लार्भा नष्ट गर्नुका साथै समुदायमा पुगेर सचेतना फैलाउन काम भइरहेको उहाँले बताउनुभयो । 


पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्ने र ती फुलबाट लार्भा निस्कन्छन् । त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गी लाग्छ । विशेषगरी, वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गमला, पानीका ट्ंयाकी आदिमा यसले फुल पार्छ । 


डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ । पोथी जातको लामखुट्टेले अण्डा पार्ने वेलामा टोक्ने गर्छ । एक व्यक्तिको रगतले नअघाउँदा पुनः अर्को व्यक्तिलाई टोक्ने गर्छ, जसका कारण धेरै मानिसमा डेंगुको संक्रमण हुन जान्छ । लामखुट्टेको टोकाइबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन र घरको झ्याल ढोकामा जाली हाल्न स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।


लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाडामा पानी जम्न नदिन पनि कार्यालयको आग्रह छ ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

मरिण गाउँपालिकामा संचालित महिलालाई लक्षित स्वास्थ्य शिविरमा ४ सय ९३ जनाले सेवा लिए 

  सिन्धुली, बैशाख ५, २०८१ बुधबार । सिन्धुलीको मरिण गाउँपालिकामा संचालित २ दिने निःशुल्क स्वास्थ्य शिविरमा ४ सय ९३ जनाले सेवा लिएका छन् । मरिण

RadioSiddhababa

१ सय ९ जना मोतिबिन्दु भएका बिरामीहरुको निशुल्क शल्यक्रिया गरियो

  सिन्धुली, फागुन १३, २०८० आइतबार ।   सिन्धुलीमा निशुल्क आँखा अप्रेशन शिविर मार्फत १ सय ९ जना मोतिबिन्दु भएका बिरामीहरुको आखाँको शल्यक्रिया

RadioSiddhababa

कमलामाई नगरपालिका १३ र १४ का गर्ववती, सुत्केरी महिला तथा बालबालिकाहरुलाई पोषण सामाग्री वितरण

  सिन्धुली, असार २६, २०८० मंगलबार ।  सिन्धुलीको कमलामाई नगरपालिका १३ र १४ का गर्ववती, सुत्केरी महिला तथा बालबालिकाहरुलाई पोषण सामाग्री वितरण