१ सय ९ जना मोतिबिन्दु भएका बिरामीहरुको निशुल्क शल्यक्रिया गरियो

RadioSiddhababa

 

सिन्धुली, फागुन १३, २०८० आइतबार ।

 

सिन्धुलीमा निशुल्क आँखा अप्रेशन शिविर मार्फत १ सय ९ जना मोतिबिन्दु भएका बिरामीहरुको आखाँको शल्यक्रिया गरिएको छ । नेपाल रेडक्रस सोसाइटी सामुदायिक आखाँ उपचार केन्द्र सिन्धुलीले नियमित रुपमा संचालन गर्दै आइरहेको आखाँ अप्रेसन शिविर मार्फत १ सय ९ जनाको निशुल्क सल्यक्रिया गरिएको हो । फ्रेड हलोज फाउण्डेसन नेपाल र कमलामाई नगरपालिका सिन्धुलीको सहयोगमा तिलगंगा आखाँ अस्पताल काठमाण्डौ र जानकी आखाँ अस्पताल जनकपुरका नेत्ररोग बिशेषज्ञ हरु बाट आखाँको शल्यक्रिया गरिएको थियो । 


बिभिन्न समयमा संचालन गरिएको शिविर बाट छनोट भएका आखाँको बिरामी हरुको शुक्रबार र शनिबार सल्यक्रिया गरिएको नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका सभापति अशोक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सल्यक्रिया गर्ने जिल्लाको कमलामाई नगरपालिका दुधौली नगरपालिका र मरिण गाउँपालिकाका ज्येष्ठ नागरिकहरु रहेका छन् । 


सल्यक्रिया गरिएको आखाँको आज पट्टी खोलीनुका साथै चस्मा र औषधी वितरण गरिएको छ । सिन्धुलीका प्रमुख जिल्ला अधिकारी भरत खनालको उपस्थितीमा पट्टी खोल्नुका साथै चस्मा र औषधी वितरण गरिएको हो । शल्यक्रिया पश्चात आखाँको ज्योति फर्किदा ज्येष्ठ नागरिकहरु हर्षित भएका छन् । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

मरिण गाउँपालिकामा संचालित महिलालाई लक्षित स्वास्थ्य शिविरमा ४ सय ९३ जनाले सेवा लिए 

  सिन्धुली, बैशाख ५, २०८१ बुधबार । सिन्धुलीको मरिण गाउँपालिकामा संचालित २ दिने निःशुल्क स्वास्थ्य शिविरमा ४ सय ९३ जनाले सेवा लिएका छन् । मरिण

RadioSiddhababa

सिन्धुलीमा डेङ्गी रोग फैलाउने लामखुट्टेको बासस्थान खोज्ने र लार्भा नष्ट गर्ने अभियान संचालन

  सिन्धुली, साउन २६, २०८० शुक्रबार । सिन्धुलीमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु भएको छ । स्वास्थ्य कार्यालय सिन्धुलीले डेङ्गी रोग

RadioSiddhababa

कमलामाई नगरपालिका १३ र १४ का गर्ववती, सुत्केरी महिला तथा बालबालिकाहरुलाई पोषण सामाग्री वितरण

  सिन्धुली, असार २६, २०८० मंगलबार ।  सिन्धुलीको कमलामाई नगरपालिका १३ र १४ का गर्ववती, सुत्केरी महिला तथा बालबालिकाहरुलाई पोषण सामाग्री वितरण