कमलामाई नगरस्तरीय चौथो मेयरकप तथा उपमेयर कप भलिबल प्रतियोगिताको उपाधी वडा नं. १० लाई

RadioSiddhababa

 

सिन्धुली, बैशाख ४, २०८१ मंगलबार ।


कमलामाई नगरपालिका सिन्धुलीको चौथो नगरस्तरीय मेयरकप तथा उपमेयर कप भलिबल प्रतियोगिताको उपाधी कमलामाई नगरपालिका वडा नम्बर १० ले हात पारेको छ । मंगलबार भएको फाइनल खेलमा मेयर कप र उपमेयर कप दुबै तर्फको भलिबल खेलमा वडा नं. १० बिजयी भएको हो ।

 
“स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ कमलामाई नगरपालिका नगर खेलकुद विकास समिति सिन्धुलीले चौथो नगरस्तरीय मेयर÷उपमेयर कप भलिवल प्रतियोगिताको आयोजना गरेको थियो । 


प्रतियोगिताको फाइनल खेलमा मेयर कप भलिबल प्रतियोगितामा कमलामाई नगरपालिका ७ र १० बिच भएको प्रतिष्पर्धामा वडा नं. ७ लाई हराउदै वडा नं. १० बिजयी भएको कमलामाई नगर खेलकुद विकास समितिले जनाएको छ । त्यस्तै उपमेयर कप भलिबल प्रतियोगितामा वडा नं. ६ र १० बिच भएको प्रतिष्पर्धामा वडा नं. ६ लाई हराउदै वडा नं. १० बिजयी बनेको थियो ।

 

मेयर कप तथा उपमेयर कम भलिबल प्रतियोगितामा बिजेता हुने टिमलाई नगद ६० हजारका साथै प्रमाणपत्र, शिल्ड र मेडल प्रदान गरिएको छ । त्यस्तै उपबिजेता टिमलाई नगद ४० हजार सहित प्रमाणपत्र, शिल्ड र मेडल प्रदान गरिएको छ ।


प्रतियोगिताका बिजेता तथा उपबिजेता टिमलाई नगर खेलकुद विकास समितिका अध्यक्ष लोक बिक्रम थापाको अध्यक्षता तथा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यतामा उपप्रमुख मन्जु देवकोटा, प्रमुख प्रशासकिय अधिकृत सहित कार्यपालिका सदस्यहरु, वडा अध्यक्षहरु लगायतको उपस्थितीमा पुरस्कार वितरण गरिएको छ ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

कमलामाई नगरपालिका स्तरिय चौथो मेयर कप फुटबल प्रतियोगिताको उपाधी वडा नं. ५ लाई

  सिन्धुली, चैत १०, २०८० शनिबार  सिन्धुलीको कमलामाई नगरपालिका स्तरिय चौथो मेयर कप फुटबल प्रतियोगिताको उपाधी वडा नं. ५ ले जितेको छ । आज भएको फाइनल

RadioSiddhababa

सिन्धुली जिल्ला स्तरिय १२ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्धघाटन

  सिन्धुली, माघ १५, २०८० सोमबार । सिन्धुली जिल्ला स्तरिय १२ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्धघाटन गरिएको छ । जिल्ला खेलकुद विकास समिति

RadioSiddhababa

कमलामाई नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गौमती मावि प्रथम

  सिन्धुली, माघ १३, २०८० शनिबार । कमलामाई नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गौमती मावि माढीबजारले प्रथम स्थान हासिल गरेको छ ।