अध्यादेश मार्फत सरकारले ल्याएका कानुन संसदबाट चाडै पास हुन्छ ः गृहमन्त्री लेखक

RadioSiddhababa

सिन्धुली, माघ २९, २०८१ मंगलबार ।।


गृहमन्त्री रमेश लेखकले अध्यादेश मार्फत सरकारले ल्याएका कानुन संसदबाट चाडै पास हुने बताउनुभएको भएको छ । आज सिन्धुली उद्योग बाणिज्य संघको ३४ औ साधारण सभा उद्घाटन कार्यक्रममा बोल्दै गृह मन्त्री लेखकले सरकारले ल्याएका कानुन संसद बाट पाश गरे सँगै ६० दिन भित्र प्रतिस्थापन बिधेयक पनि पास गरेर कार्यन्वयनमा ल्याउने बताउनुभयो ।


मन्त्री लेखकले काँग्रेस एमाले समिकरणको सरकार दिगो शान्ती, शुसाशन र भ्रष्टचार नियन्त्रणका लागि बनेका पनि दाबी गर्नुभयो । सरकारले देश र जनातका पक्षमा अग्रसर भएर काम गरिरहेको बताउदै मन्त्री लेखकले निजी क्षेत्रका लागि अनुकुल बातावरण बनाउन र खस्कदो अर्थतन्त्रलाई मजबुद बनाउन पनि सरकार लागि परेको बताउनुभयो ।

 

नेपालमा आइटीको संभावना बढेकाले नेपाली युवाले स्वदेशमा मात्र नभएर विदेशमा बसेर पनि काम गर्ने बातावण सरकारले बनाएको उहाँले बताउनुभयो । उहाँले सरकार ढल्ने हल्ला पनि चलेकाले कसैले पनि सरकार ढल्ने कुरामा समय र परिश्रम खेर नफाली रचनात्मक काम गर्न आग्रह गर्नुभयो । उहाँले गत असोजमा गएको बाढीले क्षती भएको विपी राजमार्गमा वर्षातको समयमा पनि सवारी यथावत रुपमै सञ्चालन गर्ने गरी सरकारले तयारीका काम गरीरहेको बताउनुभयो । 


कार्यक्रमको अवसरमा सिन्धुली क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य श्याम कुमार घिमिरेले देशमा उद्योग तथा कलकारखानाको विकास नेपाली कांग्रेसको नेतृत्वमानै सुरुवात भएको बताउनुभएको छ । देशमा भएको बिभिन्न राजनैतिक अस्थीरताका कारण कांग्रेसको नेतृत्वले सुरु गरेको आर्थिक गतिसिलतालाई अगाडी बढाउन नसकिएको उहाँको भनाई छ । देशमा राजनैतिक स्थिरता कायम गर्न र देशको अर्थतन्त्रलाई चलायमान बनाउन नेपाली कांग्रेस र नेकपा एमाले जस्ता बलिया शक्ति एक भएर सरकारको निर्माण भएको उहाँले बताउनुभयो । 


त्यस्तै कार्यक्रममा सिन्धुली क्षेन नं. २ का प्रतिनिधी सभा सदस्य लेखनाथ दाहाल राजनले देशमा उत्पादन कम र वितरण धेरै भएको र उत्पादनमा जोड दिन नसकिएको बताउनुभएको छ । देशमा पर्याप्त आधारहरु हुदाँहुदै पनि उद्योग धन्दाहरु खोल्न नसकिएको उहाँको भनाई छ ।


उहाँले सिन्धुली जिल्लामा सडक संरचना, पुलहरु निर्माणको लागि ठेक्का प्रक्रिया हालसम्म पनि सुरु हुन नसकेको भन्दै गृहमन्त्रीलाई प्रश्न समेत गर्नुभएको छ । सुनकोशी मरिण डाइभर्सनको हेडवक्स निर्माणको काम हाल सम्म ४७ प्रतिशत हुनुपर्नेमा अहिले ७ प्रतिशत मात्रै भएकाले ठेक्का प्रक्रिया तोड्नुपर्ने, टनेल ब्रेक थ्रु गरेको यतिका समय बित्दा पनि निर्माणको काम अलपत्र परेकोमा सरकारको ध्यान जान नसकेको भन्दै उहाँले ध्यानाकर्षण गराउनुभएको छ । 


गएको असोजमा आएको बाढीका कारण भएको क्षतीमा संघिय सरकारले पुननिर्माणमा अहिले सम्म कुनै लगानी नगरेको उहाँको भनाई छ । नेपाल सरकारले विपि राजमार्ग तुरुन्त पुननिर्माण नगरे बर्खाको समयमा सडक पूर्ण रुपमा बन्द हुने बताउदै अस्थायी पुननिर्माणको लागि भएपनि सरकारले निर्माण थाल्नुपर्ने उहाँको भनाई छ । 


कार्यक्रममा बागमति प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रि शुकुमाया तामाङले उद्योग संघ सम्बन्धित बिभिन्न बिधाहरु पर्ने भएकाले ब्यवसायलाई ब्यवस्थित बनाउन, संस्थागत विकासका गर्न र बिभिन्न समस्या परेका समयमा सहजिकरण गर्नको लागि बागमति प्रदेशले योजना बद्ध ढंगले अगाडी बढेको उहाँको भनाई छ । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटि न्यूजीलैंड को प्रथम औपचारिक बैठक सम्पन्न

सिन्धुली, चैत १४, २०८१ बिहिबार । अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटि न्यूजीलैंड को प्रथम औपचारिक बैठक सम्पन्न भएको छ । (New Zealand ) Nepalese chef Society New Zealand INCS को प्रथम

RadioSiddhababa

विश्वभर छरिएका नेपाली सेफहरुको आयोजनामा पहिलो पटक नेपाली फुड फेस्टिवल हुदैँ

  विश्वभर छरिएका नेपाली सेफहरुको आयोजनामा आगामी बैशाखमा पहिलो पटक नेपाली फुड फेस्टिवल हुदैँछ । फेस्टिवलमा विश्वभर कार्यरत सेतो कोट लगाउने सेफहरु

RadioSiddhababa

प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले २५ सय २५ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने

सिन्धुली, साउन १८, २०८१ शुक्रबार । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले आफ्नो सेवाकार्य अन्तर्गत यस वर्ष २५ सय २५ जना विद्यार्थीहरूलाई शैक्षिक