तेस्रो नेशनल प्याब्सन स्पोर्टस मिट २०८१ को समापन

सिन्धुली, माघ १९, २०८१ शनिबार ।
नेशनल प्याब्सन सिन्धुलीले आयोजना गरेको तेस्रो नेशनल प्याब्सन स्पोर्टस मिट २०८१ को समापन गरिएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियन नेपाल (नेशनल प्याब्सन) सिन्धुलीले माघ १६ गतेबाट सिन्धुलीमाढीमा सुरु गरेको स्पोर्टस मिटको आज समापन गरिएको हो ।
नेशनल प्याब्सन सिन्धुलीका अध्यक्ष सोनाम बज्युको अध्यक्षता तथा नेशनल प्याब्सनका केन्दीय पुर्व अध्यक्ष कर्ण बहादुर शाहिको प्रमुख आतिथ्यतामा प्रतियोगिता समापन गरिएको हो । तेस्रो नेशनल प्याब्सन स्पोर्टस मिटमा नेशनल प्याब्सन संग आवद्ध २७ वटा बोर्डिङ स्कुलका विद्यार्थीहरुको सहभागीता रहेको थियो । खेलमा सहभागी विद्यालयका विद्यार्थीहरुलाई समापन कार्यक्रमको अवसरमा पुरस्कार मेडल, ट्रफि, प्रमाणपत्र वितरण गरीएको छ ।
जुनीयर मिडल र सिनीयर तर्फ गरी खेल तिन चरणमा खेलाईएको थियो । विद्यालय स्तरबाट नै राष्ट्रिय स्तरको खेलाडिहरु उत्पादन गर्न र विदयार्थीहरुलाई खेल प्रति सक्षम बनाउने उदेश्यले स्पोर्टस मिटको आयोजना गरिएको नेशनल प्याब्सन सिन्धुलीका अध्यक्ष सोनाम बज्युले बताउनु भयो ।
विद्यार्थीहरुलाई आगामी दिनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलाडि हुन खेल क्षेत्र महत्वपुर्ण रहेको कार्यक्रमका प्रमुख अतिथी कर्ण बहादुर शाहिले बताउनुभयो । खेल क्षेत्रबाट विद्यार्थीहरु ओलम्पीक स्तरको खेल खेल्न सक्ने सम्भावना भएको उहाँले बताउनु भएको छ । विद्यार्थीहरुको भविष्य उज्जल बनाउन नेशनल प्याब्सन को भूमिका उल्लखीने रहेको उहाँको भनाई छ ।
कार्यक्रममा खेलमा सहभागी विद्यालयका शिक्षक, सहभागि विद्यार्थी, विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिव्व लगायतको उपस्थीत रहेको थियो ।

सिन्धुलीमाढीमा प्रथम खेलकुद महोत्सव शुरु, खेल र खेलाडीको पहिचान हुने अपेक्षा
सिन्धुली, फागुन ५, २०८१ सोमबार । सिन्धुलीमा आज बाट राष्ट्रपती रनिङशिल्ड प्रतियोगिता तथा प्रथम खेलकुद महोत्सव शुरु भएको छ । खेल र खेलाडीको पहिचान

फिक्कल गाउँपालिका स्तरिय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मा.वि. महादेव डाँडा प्रथम
सिन्धुली, फागुन १, २०८१ बिहिबार । फिक्कल गाउँपालिका स्तरिय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मा.वि. महादेव डाँडाले प्रथम स्थान हासिल

कमलामाई नगरपालिका स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि गौमती माविलाई
सिन्धुली, माघ २९, २०८१ मंगलबार । कमलामाई नगरपालिका स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि गौमती माविले जितेको छ । “स्वास्थ्यका
प्रतिकृया दिनुहोस