सिन्धुलीको सुनकोशी गाउँपालिका क्षेत्रको बजार अनुगमन
सिन्धुली, माघ २२, २०८१ मंगलबार ।
सिन्धुलीको सुनकोशी गाउँपालिका क्षेत्रको बजार अनुगमन गरिएको छ । उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीका प्रमुख ध्रुव प्रसाद ढकालको संयोजकत्वमा सुनकोशी गाउँपालिका स्थित विपि राजमार्गमा संचालित होटलहरुको अनुगमन गरिएको हो ।
अनुगमन टोलीले विपि राजमार्गमा संचालित २० वटा होटलहरुमा अनुगमन गरेको छ । अनुगमनका क्रममा सबैजसो होटल बाट २२ हजार १५ रुपैयाको म्याद गुज्रिएको सामानहरु बरामद गरि नष्ट गरिएको र दर्ता नभई सञ्चालन भएका, सरसफाईको मापदण्ड पुरा नगरेका, अखाद्य पदार्थ विक्री वितरण गरेका चारवटा होटललाई २५ हजार जरिवाना गराइएको उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीका प्रमुख ध्रुव प्रसाद ढकालले जानकारी दिनुभयो ।
साथै १३ वटा ब्यवसायलाई मापदण्ड अनुसार संचालनको लागि निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन कार्यालय, पत्रकार, प्रहरी कार्यालयका प्रतिनिधी सहितको टोलिले संयुक्त रुपमा अनुगमन गरेको हो ।
सिन्धुलीको कमलामाई नगरपालिका ७ मा मोटरसाइकलमा ठोकिएर मृगको मृत्यु
सिन्धुली, माघ २३, २०८१ बुधबार । बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका ७ बुका पुल नजिक मोटरसाइकल सँग ठोकिदा एउटा मृगको मृत्यु
मरिण गाउँपालिकामा पोखरीमा डुबेर एक जनाको मुत्यु
सिन्धुली, माघ २३, २०८१ बुधबार । सिन्धुलीको मरिण गाउँपालिकामा पोखरीमा डुबेर एक जनाको मुत्यु भएको छ । मरिण गाउँपलिका ५ बडिमुहानका सन्त वाईबाका छोरा १८
सिन्धुलीमा पाठेघर मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान सुरु
सिन्धुली, माघ २२, २०८१ मंगलबार । सिन्धुलीमा पाठेघर मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान सुरु भएको छ । मंगलबार देखि सुरु भएको अभियान फागुन ६
प्रतिकृया दिनुहोस