सिन्धुलीमा पाठेघर मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान सुरु

सिन्धुली, माघ २२, २०८१ मंगलबार ।
सिन्धुलीमा पाठेघर मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान सुरु भएको छ । मंगलबार देखि सुरु भएको अभियान फागुन ६ गतेसम्म सञ्चालन हुनेछ । सिन्धुलीकोे ९ वटै स्थानीय तहका छात्राहरूलाई खोप लगाइँदैछ ।
जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाले शिद्धस्थली इङ्लिस बोर्डिङ स्कुलबाट एक औपचारिक कार्यक्रम गरी खोप अभियानको शुभारम्भ गर्नु भएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाले लक्षित छात्राहरू नछुट्ने गरी खोप अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोपले समग्र क्यान्सरको दरलाई घटाउन सहयोग पु¥याउने उहाँले विश्वास गर्नुभयो ।
स्वास्थ्य कार्यालय सिन्धुलीका खोप अधिकृत पुष्पराज पन्तले यस अभियानमा सिन्धुलीको नौ स्थानीय तहका विद्यालयमा कक्षा ६ देखी १० सम्म अध्ययनरत १४ हजार ५०५ र विद्यालय बाहिर रहेका १० देखी १४ वर्ष उमेर समूहका ११७ जना किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइने जानकारी दिनुभयो ।
उहाँका अनुसार कमलामाई नगरपालिकामा माघ २२ गते देखी २८ गते सम्म, दुधौली नगरपालिकामा माघ २२ गते देखी २७ गते सम्म, तिनपाटन गाउँपालिका, फिक्कल गाउँपालिका, सुनकोशी गाउँपालिका र घ्याङलेख गाउँपालिकामा माघ २२ गते देखी २५ गते सम्म पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान सञ्चालन हुने उहाँको भनाई छ ।
गोलञ्जोर गाउँपालिकामा माघ २२ गते देखी २७ गते सम्म, मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा माघ २२ गते देखी माघ २६ गते सम्म अभियान सञ्चालन गरिने उहाँको भनाई छ । यस अभियान २ सय २२ वटा विद्यालय र ८१ वटा स्वास्थ्य संस्थामा सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । खोप अभियान सञ्चालन गर्न २ सय २३ जना स्वास्थ्यकर्मी, ४ सय ६२ जना स्वयंसेवक परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।
खोप सुरक्षित र प्रभावकारी भएकाले ढुक्क भएर लगाउन अनुरोध गर्दै उहाँले एचभीपी खोप विश्व स्वास्थ्य संगठन बाट प्रमाणित गुणस्तरयुक्त खोप रहेको र संसारका धेरै देशमा प्रयोग हुँदै आएको खोप भएको जानकारी दिनुभयो ।
एचपीभी खोपले पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउन सहयोग गर्नेछ । उहाँका अनुसार विश्वमा यसको सफल परीक्षण भइसकेको छ । यो सुरक्षित र प्रभावकारी पाइएको छ । नकारात्मक असर देखिएको छैन । विश्वभरि नै एचपीभी नामक भाइरसले पाठेघरको मुखको क्यान्सरका बिरामीको दर र मृत्युदर समेत बढ्दै गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
नेपालमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । अरु क्यान्सरको ठोस कारण पत्ता नलागे पनि पाठेघरको मुखको क्यान्सर एचपीभी भाइरस बाट हुने अनुसन्धानले देखाएका छन् । विश्वभरि नै एचपीभी नामक भाइरसले पाठेघरको मुखको क्यान्सरका बिरामीको दर र मृत्युदर समेत बढ्दै गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

त्रयम्बकेश्वर जोतिर्लिङ्ग मन्दिरमा श्रीमदभागवतको तयारी पुरा
सिन्धुली, फागुन ६, २०८१ मंगलबार । सिन्धुलीको कमलामाई नगरपालिका २ चियाबारी नजिकै अवस्थित त्रयम्बकेश्वर ज्योर्तिलिङ्ग र गौमती गंगाको प्रचार

नेपाल किसान महासंघ सिन्धुलीको अध्यक्षमा जुनेश खड्का चयन
सिन्धुली, फागुन ६, २०८१ मंगलबार । नेपाल किसान महासंघ सिन्धुलीको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । जुनेश खड्काको अध्यक्षता तथा नेपाली कांग्रेस

तीनपाटन गाउँपालिकाका किसानहरुलाई बिभिन्न कृषि प्रविधि हस्तान्तरण
सिन्धुली, फागुन ६, २०८१ मंगलबार । तीनपाटन गाउँपालिका सिन्धुलीका किसानहरुलाई बिभिन्न कृषि प्रविधि हस्तान्तरण गरिएको छ । तीनपाटन गाउँपालिका र हेफर
प्रतिकृया दिनुहोस