सिन्धुलीको कमलामाई नगरपालिका ७ मा मोटरसाइकलमा ठोकिएर मृगको मृत्यु

RadioSiddhababa

सिन्धुली, माघ २३, २०८१ बुधबार ।


    
बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका ७ बुका पुल नजिक मोटरसाइकल सँग ठोकिदा एउटा मृगको मृत्यु भएको छ । मंगलबार साझँ गुडी रहेको मोटरसाइकलमा सडक छेउको जङ्गलबाट मृग आइ ठोकिदा मृगको घटनास्थलमा नै मृत्यु भएको हो ।


भिमान बाट सिन्धुली तर्फ आउँदै गरेको कमलामाई नगरपालिका ५ का ३० वर्षीय कुल नारायण श्रेष्ठले चलाएको ज १२ प ४६६१ नम्बरको मोटरसाइकलमा ठोक्किएर मृगको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मृग गुडिरहेको मोटरसाइकलमा ठोकिदा चालक श्रेष्ठ सामान्य घाइते हुनु भएको छ ।


घटनापछि मृत मृग, मोटरसाइकल चालक र मोटरसाइकलमा सवार कमलामाई नगरपालिका ५ का २३ वर्षीय मनलाल श्रेष्ठलाई सिद्धेश्वर सब डिभिजन वन कार्यालय सिन्धुलीमा थप कारबाहीको लागी बुझाइएको प्रहरीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

मरिण गाउँपालिकामा पोखरीमा डुबेर एक जनाको मुत्यु

सिन्धुली, माघ २३, २०८१ बुधबार । सिन्धुलीको मरिण गाउँपालिकामा पोखरीमा डुबेर एक जनाको मुत्यु भएको छ । मरिण गाउँपलिका ५ बडिमुहानका सन्त वाईबाका छोरा १८

RadioSiddhababa

सिन्धुलीको सुनकोशी गाउँपालिका क्षेत्रको बजार अनुगमन

सिन्धुली, माघ २२, २०८१ मंगलबार । सिन्धुलीको सुनकोशी गाउँपालिका क्षेत्रको बजार अनुगमन गरिएको छ । उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीका प्रमुख

RadioSiddhababa

सिन्धुलीमा पाठेघर मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान सुरु

सिन्धुली, माघ २२, २०८१ मंगलबार । सिन्धुलीमा पाठेघर मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान सुरु भएको छ । मंगलबार देखि सुरु भएको अभियान फागुन ६