मरिण गाउँपालिकामा पोखरीमा डुबेर एक जनाको मुत्यु
सिन्धुली, माघ २३, २०८१ बुधबार ।
सिन्धुलीको मरिण गाउँपालिकामा पोखरीमा डुबेर एक जनाको मुत्यु भएको छ । मरिण गाउँपलिका ५ बडिमुहानका सन्त वाईबाका छोरा १८ बर्षिय आवास वाईबाको पोखरीमा डुबेर मृत्यु भएको हो । आफ्नो घरबाट एक सय मिटर उत्तरतर्फ रहेको निल कुमार विकको पानी पोखरीमा डुबेर वाइबाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
पोखरीमा डुबीरहेको अवस्थामा मृतक वाईबाको आमाले देखेपछि मंगलबार दिउँसो ३ः४५ बजेको समयमा उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा ल्याइएको थियो । वाईबालाई डाक्टरले ४ः१५ बजेको समयमा मृत घोषणा गरेका थिए । मृतक वाईबाको सव प्रथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा राखीएको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका ७ मा मोटरसाइकलमा ठोकिएर मृगको मृत्यु
सिन्धुली, माघ २३, २०८१ बुधबार । बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका ७ बुका पुल नजिक मोटरसाइकल सँग ठोकिदा एउटा मृगको मृत्यु
सिन्धुलीको सुनकोशी गाउँपालिका क्षेत्रको बजार अनुगमन
सिन्धुली, माघ २२, २०८१ मंगलबार । सिन्धुलीको सुनकोशी गाउँपालिका क्षेत्रको बजार अनुगमन गरिएको छ । उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीका प्रमुख
सिन्धुलीमा पाठेघर मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान सुरु
सिन्धुली, माघ २२, २०८१ मंगलबार । सिन्धुलीमा पाठेघर मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान सुरु भएको छ । मंगलबार देखि सुरु भएको अभियान फागुन ६
प्रतिकृया दिनुहोस