मंसिर ४ गतेको निर्वाचन पछि नेकपा एमाले राष्ट्रिय शक्ति भएर आउने ः अध्यक्ष केपि शर्मा ओली 

RadioSiddhababa

 

सिन्धुली, कार्तिक २८, २०७९ सोमबार ।


मंसिर ४ गतेको निर्वाचन पछि नेकपा एमाले राष्ट्रिय शक्ति भएर आउने नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले बताउनुभएको छ । नेकपा एमालेको निर्वाचन परिचालन समिति सिन्धुली क्षेत्र नं. १ ले दुधौली नगरपालिका ९ स्थित कमला बहुमुखी क्याम्पसमा आयोजना गरेको आम सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।


यो देशमा सबै नागरिकहरुलाई समेट्ने गरि यस पटकको घोषणा पत्र ल्याएको उहाँले बताउनुभयो । आर्थिक संमृद्धिको लागि कृषि, रोजगारको लागि, राष्ट्रको हित र संमृद्धिको लागि, बिकासको गति ल्याउन सक्ने राष्ट्रिय शक्तिको आवश्यक रहेको उहाँले बताउनुभयो ।

 

देशलाई बिकासको अभियानमा लानको लागि मंसिर ४ गतेको निर्वाचन पछि नेकपा एमाले राष्ट्रिय शक्ति भएर आउने उहाँले उल्लेख गर्नुभयो ।नेकपा एमालेले जनतालाई सेवा सुविधा पु¥याउन जेष्ठ नागरिक, महिला, बालबालिका, कृषक, मजदुर सबैलाई समेटेर काम गरेको अध्यक्ष ओलीले बताउनुभएको छ । 

 

सिन्धुली निर्माण भएको मदन भण्डारी राजमार्गलाई देख्ने बित्तिकै एमालले कति चाडो बिकास गर्न सक्छ भनेर गर्व गर्न सकिने उहाँको भनाई छ । मदनभण्डारी राजमार्गले छोएको जिल्लामा राजमार्गको कारण आर्थिक संमृद्धि भएको उहाँले उल्लेख गर्नुभयो ।

 

कार्यक्रममा नेकपा एमालेको तर्फबाट उमेदवार बन्नु भएका प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्य पदका उमेदवारहरुलाई मतदान गरिदिन नागरिक समक्ष उहाँले आग्रह समेत गर्नुभयो । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले २५ सय २५ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने

सिन्धुली, साउन १८, २०८१ शुक्रबार । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले आफ्नो सेवाकार्य अन्तर्गत यस वर्ष २५ सय २५ जना विद्यार्थीहरूलाई शैक्षिक

RadioSiddhababa

नेपाली कांग्रेसको प्रमुख सचेतकमा श्याम कुमार घिमिरे मनोनीत

सिन्धुली, साउन ५, २०८१ शनिबार ।   नेपाली कांग्रेसको प्रमुख सचेतकमा श्याम कुमार घिमिरे मनोनीत हुनु भएको छ । नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका

RadioSiddhababa

प्रधानमन्त्री दाहाल द्धारा सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’

सिन्धुली, बैशाख २६, २०८१ बुधबार ।   सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल