कमलामाई नगरपालिका ४ स्थित पन्चकन्या माविको ६४ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न
सिन्धुली, माघ २३, २०८१ बुधबार ।
सिन्धुलीको कमलामाई नगरपालिका ४ स्थित पन्चकन्या मावि मरिण कुडुलेको ६४ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । कमलामाई नगरपालिका ४ का वडा अध्यक्ष तथा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष महेन्द्र प्रसाद ढकालको अध्यक्षता तथा बागमति प्रदेश सभा सदस्य क्षेत्र बहादुर बम्जनको प्रमुख आतिथ्यतामा बिद्यालयको ६४ औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाइएको हो ।
कार्यक्रमको अवसरमा बागमति प्रदेश सभा सदस्य छेत्र बहादुर बम्जनले बिद्यालयको शैक्षिक, भौतीक र आर्थिक विकासका लागि आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । कार्यक्रमको अवसरमा प्रधानाध्यापक धन बहादुर स्याङतानले बिद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
बार्षिक उत्सवको अवसरमा पूर्व प्रधानाध्यापक, पूर्व बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष, पूर्व शिक्षक, पूर्व कर्मचारी, जग्गादाता, चन्दा दाता लाई सम्मान गरिएको छ । बिभिन्न सांस्कृतिक प्रस्तुती सहित संचालन भएको कार्यक्रमको अवसरमा बिद्यालयले संचालन गरेको बिभिन्न खेलकुद प्रतियोगिताका बिजेता र गएको शैक्षिक सत्रमा उत्कृष्ट अंक ल्याउने बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका ७ मा मोटरसाइकलमा ठोकिएर मृगको मृत्यु
सिन्धुली, माघ २३, २०८१ बुधबार । बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका ७ बुका पुल नजिक मोटरसाइकल सँग ठोकिदा एउटा मृगको मृत्यु
मरिण गाउँपालिकामा पोखरीमा डुबेर एक जनाको मुत्यु
सिन्धुली, माघ २३, २०८१ बुधबार । सिन्धुलीको मरिण गाउँपालिकामा पोखरीमा डुबेर एक जनाको मुत्यु भएको छ । मरिण गाउँपलिका ५ बडिमुहानका सन्त वाईबाका छोरा १८
सिन्धुलीको सुनकोशी गाउँपालिका क्षेत्रको बजार अनुगमन
सिन्धुली, माघ २२, २०८१ मंगलबार । सिन्धुलीको सुनकोशी गाउँपालिका क्षेत्रको बजार अनुगमन गरिएको छ । उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीका प्रमुख
प्रतिकृया दिनुहोस