हरिहरपुरगढी गाउँपालिकाको २० औँ गाउँ सभाको हिउँदे अधिवेशन सम्पन्न

सिन्धुली, माघ ९, २०८१ मंगलबार ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयको २० औँ गाउँ सभाको हिउँदे अधिवेशन मंगलबार सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाको सभाअध्यक्षता तथा गाउँपालिकाका उपाध्यक्ष चेखबहादुर थिङ, प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा, ८ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यहरुको उपस्थितीमा २० औँ गाउँ सभाको हिउँदे अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनको सुरुमै हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले गाउँ कार्यपालिकाको कार्यालयको २० औँ गाउँ सभाको हिउँदे अधिवेशनको सुभारम्भ भएको घोषणा गर्नुभएको थियो । गाउँ सभामा प्रस्ताव गरिएको मासु प्रशोधन कारखाना स्थापनाका लागि नदी उकास जग्गा उपयोग गर्न दिने, नदी उकास जमिनहरुमा कृषि फार्म सञ्चालनका लागि अनुमति दिने, इलाका प्रहरी कार्यालय माग गर्ने, सरसफाइकर्मीको सुविधा थप गर्ने, पोस्टमार्टम सेवा सञलन गर्ने, स्वास्थ्यचौकी लाई एम्बुलेन्स हस्तान्तरण गर्ने लगायत प्रस्तावहरु पारीत गरिएको छ ।
यसैगरी गाउँप्रहरीको रासन भत्ता, संघ तथा प्रदेश सरकार समक्ष पेस गर्ने योजनाहरु, योजना संशोधन तथा रकमान्तर, कर्मचारीको तलबी प्रतिवेदनका साथै विभिन्न ऐन नियम पारित गरिएको छ । गाउँ सभामा हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले विकासको अवस्था, बजेटको खर्च विवरण, राजस्व सङ्कलन, कार्यक्रमको उपलब्धि, गुनासो र समस्याका बारेमा प्रष्ट्याउनु भएको थियो ।
अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष चेखबहादुर थिङले स्थानिय सरकार सञ्चालन ऐन २०७४ को विधि र पद्धतीलाई स्थापित गरेर लैजान सकियो भने सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।

त्रयम्बकेश्वर जोतिर्लिङ्ग मन्दिरमा श्रीमदभागवतको तयारी पुरा
सिन्धुली, फागुन ६, २०८१ मंगलबार । सिन्धुलीको कमलामाई नगरपालिका २ चियाबारी नजिकै अवस्थित त्रयम्बकेश्वर ज्योर्तिलिङ्ग र गौमती गंगाको प्रचार

नेपाल किसान महासंघ सिन्धुलीको अध्यक्षमा जुनेश खड्का चयन
सिन्धुली, फागुन ६, २०८१ मंगलबार । नेपाल किसान महासंघ सिन्धुलीको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । जुनेश खड्काको अध्यक्षता तथा नेपाली कांग्रेस

तीनपाटन गाउँपालिकाका किसानहरुलाई बिभिन्न कृषि प्रविधि हस्तान्तरण
सिन्धुली, फागुन ६, २०८१ मंगलबार । तीनपाटन गाउँपालिका सिन्धुलीका किसानहरुलाई बिभिन्न कृषि प्रविधि हस्तान्तरण गरिएको छ । तीनपाटन गाउँपालिका र हेफर
प्रतिकृया दिनुहोस