भ्रष्टचार नियन्त्रण र सुशासनका लागि सरकारको उपस्थिती शुन्य ः सापकोटा

सिन्धुली, पुष १७ २०८१ बुधबार ।
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नी सापकोटाले वर्तमान सरकार भ्रष्टचार नियन्त्रण र सुशासन कायम गर्न पुर्ण रुपमा असफल भएको आरोप लगाउनु भएको छ । बुधबार सिन्धुलीको मरिणमा प्रेस सेन्टर सिन्धुलीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपाध्यक्ष सापकोटाले भ्रष्टचार नियन्त्रण र सुशासनका लागि सरकारको उपस्थीती शुन्य रहेको आरोप लगाउनुभएको हो ।
पुर्व सभामुख तथा पार्टीको प्रवक्ता समेत रहनु भएका सापकोटाले दिन प्रतिदिन यो सरकार अधोगती तिर गइरहेको बताउनुभयो । उहाँले पहिलो र दोश्रो पार्टी मिलेर बनेको सरकार अधोगती तर्फ गइरहदा देश भयानक अराजकता तथा अनुशासन हिनता तर्फ जाने भएकाले त्यस तर्फ जान नदिन सबैले सोच्नु पर्ने बेला आएको बताउनुभयो । उहाँले वर्तमान प्रद्यानमन्त्री केपी शर्मा ओलीलाई मुर्ख सिकर्मीको संज्ञा दिदै उहाँ आफ्नै पार्टीका कार्यकर्ता देखि मन्त्री र कर्मचारी सँग असन्तुष्ट रहेकाले देश अधोगती तीर जाने निष्चित रहेको जिकिर गर्नुभयो ।
सापकोटाले सरकारसँग कुनै बिचरा, सिद्धान्त, निति, विवेक र चेतना समेत नरहेको बताउनुभयो । विचार, सिद्धान्त नहुदा सरकारमा बेथीती र अराजकताको खतरा बढेको उहाँको भनाई थियो । देशको लागि अहिले राष्ट्रिय दृष्टीकोण निर्माणको खाँचो रहेको उहाँले औंल्याउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी कमलामाई नगरपालिका ४ र ६ को वडा अधिवेशन सम्पन्न
सिन्धुली, चैत २४, २०८१ आइतबार । राष्ट्रिय स्वतन्त्र पार्टी कमलामाई नगरपालिका ४ र ६ को वडा अधिवेशन सम्पन्न भएको छ । नयाँ नेतृत्व चयन गर्दै कमलामाई

संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा नेकपा एमाले सिन्धुलीको जागरणसभा
सिन्धुली, चैत १८, २०८१ सोमबार । नेकपा एमाले सिन्धुलीले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जागरण सभा गरेको छ । मूलुकमा अस्थिरता र अराजकता

पूर्वराजा ज्ञानेन्द्र लाई हिंसा र गुण्डा गर्दी गर्न छुट छैन् ः प्रचण्ड
सिन्धुली, चैत १७, २०८१ आइतबार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाह लाई हिंसा र गुण्डा गर्दी गर्न
प्रतिकृया दिनुहोस