कमलामाईका सहकारीमा अनिवार्य कोपिमिस प्रयोग गर्न तालिम प्रदान
सिन्धुली, पुष ९ २०८१ मङ्गलबार ।
सिन्धुलीको कमलामाई नगरपालिका मातहतमा सञ्चालित सहकारी संस्थालाई एकिकृत व्यवस्थापन सूचना प्रणाली (कोपिमिस) अनिवार्य रुपमा प्रयोग गर्न थप तालिम दिन थालिएको छ । प्रविधीको विकास सँगै सरकारले कोपिमिस प्रणालीको विकास गरी सहकारीलाई आवद्ध गराए पनि प्रयाप्त तालिमको अभावमा प्रयोगमा समस्या आए पछि कमलामाई नगरपालिकाले तालिमको आयोजना गरेको हो ।
सहकारी ऐन २०७४ ले गरेको संसोधन अनुसार यस प्रणालीलाई व्यवस्थापन गर्न सहकारी प्रशिक्षण केन्द्र र कमलामाई नगरपालिकाको आयोजनामा मङ्गलबार र बुधबार दुई दिन चल्ने गरी तालिमको आयोजना गरिएको नगरपालिकाका सहकारी शाखा प्रमुख मुकेश तामाङले जानकारी दिनुभयो । प्रणालीको प्रयोग सँगै सहकारी संस्थाले गरेका सम्पुर्ण गतिविधी तथा प्रगती प्रतिवेदनहरु नियमनकारी निकायले हेर्न मिल्ने भएकाले कार्यन्वयन गर्ने गरी तालिम प्रदान गरिएको तामाङको भनाई छ ।
बाईट मुकेश तामाङ
सहभागी पालिका भित्रका नियमित सञ्चालनमा रहेका ४० सहकारी संस्थालाई प्रयोगात्मक रुपमा तालिम प्रदान गरिएको आयोजक कमलामाई नगरपालिकाले जनाएको छ । नगरपालिकाले आफ्नो मातहतमा रहेका १ सय २६ सहकारीलाई समस्या ग्रस्त, क्रियाशिल नभएका र नियमित सञ्चालनमा रहेका गरी बर्गिकरण गरेर नियमन गर्न थालेको पनि जनाएको छ । सहभागीलाई प्रचलित कर व्यवस्थापनका सबालमा समेत तालिम प्रदान गरिने पनि आयोजकले छ ।
तालिमको उद्घाटन सत्रमा प्रमुख अतिथी तथा कमलामाई नगरपालिकाका उपप्रमुख मन्जु देवकोटाले सरकारको निति कार्यन्वयन नगर्दा सहकारी भद्रगोल अवस्थामा पुग्ने भएकाले अनिवार्य रुपमा नगरपालिका भित्रका सहकारीले निति नियम पालना गर्नुपर्नेमा जोड दिनुभयो ।
पत्रकार बुद्ध नेपालीलाई दिइएको धम्कीको घटनाप्रति नेपाल पत्रकार महासंघ सिन्धुलीले प्रेस बिज्ञप्ति जारी
सिन्धुली, पुष ११, २०८१, बिहिबार । पत्रकार बुद्ध नेपालीलाई प्रकाशित समाचारको बिषयलाई लिएर दिइएको धम्कीको घटनाप्रति नेपाल पत्रकार महासंघ शाखा
सिन्धुलीको तीनपाटन गाउँपलिका वडा नं. ७ को नवनिर्मीत भवनको उद्धघाटन
सिन्धुली, पुष ११, २०८१, बिहिबार । सिन्धुलीको तीनपाटन गाउँपलिका वडा नं. ७ को नवनिर्मीत वडा कार्यालय भवनको उद्धघाटन गरिएको छ । तीनपाटन गाउँपालिका
जलवायु मैत्री कृषि प्रणली सम्बन्धि तिन दिने तालिम सम्पन्न
सिन्धुली, पुष ११, २०८१, बिहिबार । स्थानीय अगुवा कृषकहरुलाई जलवायु मैत्री कृषि प्रणाली सम्बन्धि तिन दिने तालिम सिन्धुलीको ३ पालिकाहरुमा सम्पन्न भएको
प्रतिकृया दिनुहोस