सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ मा भुताहा–बरुण सडकको सिलान्यास

RadioSiddhababa

सिन्धुली, पुष ५, २०८१ शुक्रबार ।

 

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ मा भुताहा–बरुण सडकको सिलान्यास गरिएको छ । प्रदेश सरकार र हरिहरपुरगढी गाउँपालिकाद्धारा निर्माण हुन लागेको सडकको सिन्धुली क्षेत्र नं. २ का प्रतिनिधी सभा सदस्य लेखनाथ दाहाल राजनले सिलान्यास गर्नुभएको हो ।


सडक सिलान्यास कार्यक्रमको अवसरमा प्रतिनिधी सभा सदस्य लेखनाथ दाहाल राजनले हरिहरपुरगढी गाउँपालिकाको विकास लाई प्राथमिकीकरण गरेको बताउनुभएको छ । प्राथमिकिकरण गरेका योजनाहरुलाई स्थानीय, प्रदेश र संघिय सरकारको समन्वयमा पुरा गर्दै जाने उहाँले बताउनुभयो ।

 

गुर्जी बसपार्क बाट हरिहरपुरगढी–जितपुरगढी हुदै चिसापानी बाट चतरा सम्मको रिङरोड निर्माणको लागि पहल प्रयत्न गरिएको, सुके बरुण, क्यानभुता केमनचुली, हरिवन सडक निर्माणको लागि शिर्षक स्थापीत गरिएको, बरुण र क्यान भुताहाको लागि पक्की पुलको डिपिआर गरि निर्माण कार्य अगाडी बढाउने निर्णय समेत गरेको उहाँले बताउनुभयो ।


अहिलेको सरकारले कुनैपनि बहुबर्षिय ठेक्का सम्झौता नगरेकाले काम गर्न समस्या भइरहेको उहाँको भनाई छ । साथै हरिहरपुरगढी गाउँपालिकामा अन्य बिकास निर्माणको काम गर्न आफू प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । 


कार्यक्रममा हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्र ध्वज वाइवाले आज सिलान्यास भएको सडकको अफ्ठेरो ठाउँहरुको पहिले निर्माण सम्पन्न गर्ने र यसलाई निरन्तरता दिइने बताउनुभयो । साथै पक्की पुन निर्माण पश्चात सर्लाहिको हरिवन संग जोड्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । गाउँपालिकाले प्रदेश तथा संघिय सरकार संग समन्वय गरेर गाउँपालिकाकै बिकट मानीने वडा नं. ७ लाई बिकास निर्माणको माध्यम बाट सुगम बनाउन आफु लागिपरिरहेको उहाँको भनाई छ । 


भुताहा–बरुण सडक निर्माणको लागि गडुर कन्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. गोलन्जोर ३ सिन्धुलीले ६० लाख ९३ हजार ७ सय ८५ रुपैयामा निर्माणको जिम्मा लिएको हो । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुलीको गौमती माध्यमिक विद्यालयमा बाल कला तथा साहित्य महोत्सवको आयोजना 

सिन्धुली, पुष ५, २०८१ शुक्रबार । सिन्धुलीको कमलामाई नगरपालिकाका बालबालिकाको श्रृजना उजागर गर्ने उद्धेश्यले गत वर्ष बाट शुरु गरिएको बाल कला तथा

RadioSiddhababa

सिन्धुलीमा कृषी योग्य जमिनको जस्तै महत्व रहेका खरबारी अहिले बेकामका बन्दै

  सिन्धुली, पुष ४ २०८१ बिहिबार । सिन्धुलीमा कृषी योग्य जमिनलाई जस्तै महत्व दिएर खरिद गरिएका खर बारी अर्थात खोरियो अहिले बेकामका जस्ता बन्न

RadioSiddhababa

कमलामाई नगरपालिका ९ भिमान बसपार्कमा सवारी चालकहरुको स्वास्थ्य परिक्षण

सिन्धुली पुष ३, २०८१ बुधबार ।   सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमान बसपार्कमा सवारी चालकहरुको स्वास्थ्य परिक्षण गरिएको छ । जिल्ला जनस्वास्थ्य