सिन्धुलीमा व्यवसायी र पत्रकार बीच नङ र मासुको जस्तो सम्वन्ध हुनु पर्नेमा जोड
सिन्धुली, पुष २ २०८१ मङ्गलबार ।
सिन्धुलीमा उद्योगी व्यवसायी र पत्रकार बीच नङ र मासुको जस्तो सम्वन्ध हुनु पर्नेमा जोड दिइएको छ । नेपाल पत्रकार महासंघ सिन्धुली शाखाको नवनिर्वाचित कार्य समितिलाई बधाई सँगै स्वागत तथा भेटघाट गर्न सिन्धुली उद्योग बाणिज्य संघले मङ्गलबार आयोजनाको कार्यक्रममा यस्तो जोड दिइएको हो ।
कार्यक्रममा सिन्धुली उद्योग बाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले उद्योगी व्यापारीको साथ सञ्चार माध्यमलाई चाहिने र पत्रकारको साथ उद्योगी व्यापारीलाई चाहिने भएकाले उद्योगी व्यापारी र पत्रकार बीच नङ र मासुको जस्तो सम्वन्ध हुनु पर्ने बताउनुभयो । अध्यक्ष श्रेष्ठले जिल्लामा संघले आयोजना गरेका हरेक कार्यक्रममा नेपाल पत्रकार महासंघ सँगै सञ्चार माध्यमहरुको साथ र सहयोग रहेको र आगामी दिनमा अझ यो सम्वन्ध प्रगाण बन्नेमा विश्वास व्यक्त गर्नुभयो ।
यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष बाबुराम देवकोटाले २०५५ साल देखिको आफ्नो पत्रकारिताको इतिहासमा उद्योगी व्यवसायी बीच नङ र मासुको जस्तै सम्वन्ध रहेकाले महासंघको नेतृत्व पछि पनि सम्वन्ध अझ प्रगाढ बन्नेमा विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका नवनिर्वाचित कार्यसमिति तथा सिन्धुली उद्योग बाणिज्य संघका पदाधिकारी, सदस्य तथा कर्मचारीको उपस्थिती रहेको थियो ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ मा भुताहा–बरुण सडकको सिलान्यास
सिन्धुली, पुष ५, २०८१ शुक्रबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ मा भुताहा–बरुण सडकको सिलान्यास गरिएको छ । प्रदेश सरकार र हरिहरपुरगढी
सिन्धुलीको गौमती माध्यमिक विद्यालयमा बाल कला तथा साहित्य महोत्सवको आयोजना
सिन्धुली, पुष ५, २०८१ शुक्रबार । सिन्धुलीको कमलामाई नगरपालिकाका बालबालिकाको श्रृजना उजागर गर्ने उद्धेश्यले गत वर्ष बाट शुरु गरिएको बाल कला तथा
सिन्धुलीमा कृषी योग्य जमिनको जस्तै महत्व रहेका खरबारी अहिले बेकामका बन्दै
सिन्धुली, पुष ४ २०८१ बिहिबार । सिन्धुलीमा कृषी योग्य जमिनलाई जस्तै महत्व दिएर खरिद गरिएका खर बारी अर्थात खोरियो अहिले बेकामका जस्ता बन्न
प्रतिकृया दिनुहोस