सिन्धुलीमा कृषी योग्य जमिनको जस्तै महत्व रहेका खरबारी अहिले बेकामका बन्दै

RadioSiddhababa

 

सिन्धुली, पुष ४ २०८१ बिहिबार ।

सिन्धुलीमा कृषी योग्य जमिनलाई जस्तै महत्व दिएर खरिद गरिएका खर बारी अर्थात खोरियो अहिले बेकामका जस्ता बन्न थालेकाछन् । ग्रामिण बस्तीमा पशु पालन कम हुनुका साथै घरका छाना जस्तापाता, टायल र ढुंगाले विस्थापित गरे पछि खर बारी बेकामका जस्तै भएकाहुन् ।

विशेष गरी गाई बस्तुलाई खुवाउनका साथैै घरको छाना छाउनका लागि महत्वका साथ खरिद गरिएका खर बारीको खर र बाबियोको प्रयोग अहिले हुन छाडेपछि उपयोग बिहिन भएकाहुन् । कुनै समय एक घर एक खर बारी अनिवार्य जस्तै भई खरिद गरिएका खर बारी अर्थात खोरिया अहिले उपयोग बिहिन भएको स्थानिय बताउछन् । कालिलो खरलाई घासका रुपमा र सुकेको खरलाई घरको छाना छाउन प्रयोग गरिदै आएकोमा अहिले पशुपालन गर्नेको संख्या न्यून हुदा र खरका छाना पनि विस्थापित हुदा उत्पादित खरको प्रयोग हुन छाडेको सुनकोसी गाउँपालिका ६ का पदम विशंखेले बताउनुभयो । गाउँ छाड्ने बढ्दा पशुपालन गर्ने मानिस घटेको र अधिकांश ग्रामिण बस्तीका घरहरु जस्ता, टायल, र ढुंगाले छाइएकाले ती खर बारी बेकामे भएको उहाँको भनाई छ ।

ग्रामिण बस्तीका सर्वसाधारणलाई खरको छानाले दिइरहेको हैरानीलाई जस्ता पाता, टायल र ढुंगाको छानाले मुक्ती दिलाएकोमा खुसी भए पनि पैसाको अभाव भएको बेला खरिद गरिएका खोरीयो बाट आम्दानी नभएपछि भने उनीहरु दुःखी भएकाछन् । स्थानियले गर्मीमा चिसो र जाडोमा तातो हुने खरका छाना बस्नलाई भने उपयुक्त हुने अनुभव सुनाएकाछन् ।

तीनै तहका सरकारले खरका छाना बिस्थापित गर्ने कार्यक्रम ल्याउनुका साथै सर्वसाधारण पनि आर्थिक हिसावले छाना परिवर्तन गर्न सक्ने हैसियतमा पुग्दा जिल्लामा विस्तारै खरका छाना बिस्थापित भएकाहुन्् । यसरी छाना विस्थापित हुदा प्राकृतिक विपत्ती जस्तै हावाहुरीले छाना उडाउने, आगलागी हुने जस्ता समस्याहरु भने निराकरण हुदै गएको जिल्लाका जानकारवालाहरुले बताएकाछन् । तथापी किसानको क्षेत्रबाट त्यस क्षेत्रमा भएको लगानीको प्रतिफल आउने गरी खर तथा बाबियोलाई कागज बनाउने कच्चा पदार्थको रुपमा राज्यले प्रयोग गर्दा राम्रो हुने कमलामाई ३ का पुर्व शिक्षक चुडामणी देवकोटाको भनाई छ ।  

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ मा भुताहा–बरुण सडकको सिलान्यास

सिन्धुली, पुष ५, २०८१ शुक्रबार ।   सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ मा भुताहा–बरुण सडकको सिलान्यास गरिएको छ । प्रदेश सरकार र हरिहरपुरगढी

RadioSiddhababa

सिन्धुलीको गौमती माध्यमिक विद्यालयमा बाल कला तथा साहित्य महोत्सवको आयोजना 

सिन्धुली, पुष ५, २०८१ शुक्रबार । सिन्धुलीको कमलामाई नगरपालिकाका बालबालिकाको श्रृजना उजागर गर्ने उद्धेश्यले गत वर्ष बाट शुरु गरिएको बाल कला तथा

RadioSiddhababa

कमलामाई नगरपालिका ९ भिमान बसपार्कमा सवारी चालकहरुको स्वास्थ्य परिक्षण

सिन्धुली पुष ३, २०८१ बुधबार ।   सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमान बसपार्कमा सवारी चालकहरुको स्वास्थ्य परिक्षण गरिएको छ । जिल्ला जनस्वास्थ्य