सिन्धुलीको गौमती माध्यमिक विद्यालयमा बाल कला तथा साहित्य महोत्सवको आयोजना
सिन्धुली, पुष ५, २०८१ शुक्रबार ।
सिन्धुलीको कमलामाई नगरपालिकाका बालबालिकाको श्रृजना उजागर गर्ने उद्धेश्यले गत वर्ष बाट शुरु गरिएको बाल कला तथा साहित्य महोत्सवले निरन्तरता पाएको छ । गत वर्ष पहिलो संस्करण जनज्योती माध्यमिक विद्यालय फोस्रेटारबाट गरिएको महोत्सवको दोश्रो संस्करण आज गौमती माध्यमिक विद्यालयमा सञ्चालन गरिए सँगै यसले निरन्तरता पाएको हो ।
बालबालिकाका रचनाहरु कथा, कविता, निवन्ध तथा चित्रकला जस्ता प्रतिवाहरुलाई पुस्तकमा संकलन गरी अझ प्रतिभा सँगै क्षमता अभिवृद्धी गर्ने उद्धेश्यले महोत्सवको आयोजना गरिएको जनाइएको छ । बालबालिकाको कक्षाकोठा भित्र रहेको श्रृजना कक्षा बाहिर पनि प्रस्फुटन गर्न सक्नेछन् भन्ने अवसर दिनका लागि पनि महोत्सव सञ्चालन गरिएको आयोजकको भनाई छ । हरेक बर्ष घुम्ती संस्करणको रुपमा विकास गर्न लागिएको महोत्सवको तेश्रो संस्करण आगामी वर्ष अर्कै विद्यालयमा गरिने महोत्सवको संयोजक भिम विक्रम थापाले बताउनुभयो ।
नगर क्षेत्रका विद्यालयका बालबालिकालाई विज्ञ टोली सहित ४ विधामा आवस्यक अभ्यास गराई महोत्सवमा सहभागी गराइएको संयोजक थापाको भनाई छ । महोत्सवमा कमलामाई नगरपालिका भित्रका ३१ विद्यालयको सहभागिता रहेको गौमती माध्यमिक विद्यालयका शिक्षक रामेश्वर दहालले जानकारी दिनुभयो ।
महोत्सवको उद्घाटन सत्रमा प्रमुख अतिथी तथा कमलामाई नगरपालिकाका उपप्रमुख मन्जु देवकोटाले बालबालिकाको क्षमता अभिवृद्धीका लागि आयोजना गरिने यस्ता कार्यक्रमका लागि नगरपालिकाले आवस्यक सहयोग गर्ने बताउनुभयो । महोत्सवमा सिन्धुली कलाघर लगायतका कलाकार तथा सहभागी विद्यालयका बालबालिकाले विभन्न प्रस्तुती देखाएका थिए । यस्तै महोत्सवमा बालबालिकाले तयार गरेका विभन्न चित्रकला तथा सामाग्रीहरुको प्रर्दशनी गरिएको थियो ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ मा भुताहा–बरुण सडकको सिलान्यास
सिन्धुली, पुष ५, २०८१ शुक्रबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ मा भुताहा–बरुण सडकको सिलान्यास गरिएको छ । प्रदेश सरकार र हरिहरपुरगढी
सिन्धुलीमा कृषी योग्य जमिनको जस्तै महत्व रहेका खरबारी अहिले बेकामका बन्दै
सिन्धुली, पुष ४ २०८१ बिहिबार । सिन्धुलीमा कृषी योग्य जमिनलाई जस्तै महत्व दिएर खरिद गरिएका खर बारी अर्थात खोरियो अहिले बेकामका जस्ता बन्न
कमलामाई नगरपालिका ९ भिमान बसपार्कमा सवारी चालकहरुको स्वास्थ्य परिक्षण
सिन्धुली पुष ३, २०८१ बुधबार । सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमान बसपार्कमा सवारी चालकहरुको स्वास्थ्य परिक्षण गरिएको छ । जिल्ला जनस्वास्थ्य
प्रतिकृया दिनुहोस