वार्षिकोत्सवको अवसरमा पालिकास्तरीय हाजिरीजवाफ प्रतियोगिता
सिन्धुली, पुष २ २०८१ मङ्गलबार ।
हरिहरपुरगढी गाउँपालिका–१ स्थित मावि कर्मिडाँडा चिसापानीको ४६औँ वार्षिकोत्सव सम्पन्न भएको छ । बागमती प्रदेशसभा सदस्य गंगानारायण श्रेष्ठको प्रमुख आतिथ्यता तथा हरिहरपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकराको उपस्थितिमा विद्यालयको ४६औँ वार्षिकोत्सव सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशसभा सदस्य श्रेष्ठले शिक्षाले ज्ञान, सीप र संस्कृति दिनसक्नुपर्ने भए पनि यस्ता किसिमको शिक्षा पद्धति स्थापना गर्न नसकिएको उहाँले धारणा राख्नुभयो । जबसम्म यस्ता किसिमका शिक्षा नीति लागू गर्न सक्दैनौं तबसम्म विदेश पलायन हुने लर्कोलाई रोक्न नसकिने बताउनुभयो । हालको शिक्षा पद्धतिले नेपालमा बेरोजगारी बढी उत्पादन गरेको भन्दै नेपालको शिक्षा नीति नै परिवर्तन गर्नुपर्ने तर्क राख्नुभयो ।
विद्यालयले वार्षिकोत्सवको अवसर पारेर पालिकास्तरीय हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरेको थियो । सांसद श्रेष्ठले यसलाई विद्यालयले नयाँ अभ्यासको थालनी गरेको बताउनुभयो । पालिकाभित्रका विद्यार्थी, शिक्षक र अभिभावकलाई केन्द्रिकृत गरेर ज्ञानको प्रतिस्पर्धा गर्नु राम्रो पक्ष रहेको उहाँले बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पैकराले हाजिरीजवाफ प्रतियोगिता बौद्धिकस्तरका लागि निकै उत्कृष्ट मानिने बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षामा टेवा पु¥याउने हुँदा अन्य विद्यालयले पनि यस्ता कार्यक्रम गर्नुपर्ने धारणा राख्नुभयो ।
पालिकास्तरीय हाजिरीजवाफ प्रतियोगितामा मावि महेन्द्रझ्याडी प्रथम, मावि कर्मिडाडा चिसापानी द्धितीय र हरिहरपुर मावि घण्टे तृतीय भएको विद्यालयका प्रधानाध्यापक दिलमान घलानले जानकारी दिनुभयो । विजेताहरुमध्ये प्रथमलाई ७ हजार ५ सय नगद, प्रमाणपत्र र मेडल, द्धितीयलाई ५ हजार ५ सय नगद, प्रमाणपत्र र मेडल र तृतीयलाई ३ हजार ५ सय नगद, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो । प्रतियोगितामा १० वटा सामुदायिक विद्यालय सहभागी भएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर घलानको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखाका यादब आचार्य, कानुनी सहजकर्ता लोकबहादुर गोले लगायतको उपस्थिती रहेको थियो ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ मा भुताहा–बरुण सडकको सिलान्यास
सिन्धुली, पुष ५, २०८१ शुक्रबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ मा भुताहा–बरुण सडकको सिलान्यास गरिएको छ । प्रदेश सरकार र हरिहरपुरगढी
सिन्धुलीको गौमती माध्यमिक विद्यालयमा बाल कला तथा साहित्य महोत्सवको आयोजना
सिन्धुली, पुष ५, २०८१ शुक्रबार । सिन्धुलीको कमलामाई नगरपालिकाका बालबालिकाको श्रृजना उजागर गर्ने उद्धेश्यले गत वर्ष बाट शुरु गरिएको बाल कला तथा
सिन्धुलीमा कृषी योग्य जमिनको जस्तै महत्व रहेका खरबारी अहिले बेकामका बन्दै
सिन्धुली, पुष ४ २०८१ बिहिबार । सिन्धुलीमा कृषी योग्य जमिनलाई जस्तै महत्व दिएर खरिद गरिएका खर बारी अर्थात खोरियो अहिले बेकामका जस्ता बन्न
प्रतिकृया दिनुहोस