कमलामाई नगरपालिका ९ भिमान बसपार्कमा सवारी चालकहरुको स्वास्थ्य परिक्षण
सिन्धुली पुष ३, २०८१ बुधबार ।
सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमान बसपार्कमा सवारी चालकहरुको स्वास्थ्य परिक्षण गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीको आयोजना तथा जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय भिमानको समन्वयमा विपि राजमार्गमा चल्ने सवारी चालकहरुको स्वास्थ्य परिक्षण गरिएको हो । सवारी दुर्घटना रोकथाम तथा न्युनिकरण गर्ने, यात्रु र चालकहरुलाई सचेत गराउने उदेश्यले चालक हरुको स्वास्थ्य परिक्षण गरिएको जनस्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
राजमार्गमा चल्ने ट्रक, ट्रयाक्टर, मोटरसाइकल, इलेक्ट्रिक भ्यान, हायस, निजि सवारीहरु गरि ६५ जना चालकको स्वास्थ्य परिक्षण गरिएकोमा ७ जनामा लागु पदार्थ सेवन गरिएको रिपोर्ट पोजेटिभ आएको जनस्वास्थ्य कार्यालय सिन्धुलीका फोकल पर्सन गंगाराम कार्कीले जनाकारी दिनुभयो । परिक्षणको क्रममा लागुपदार्थ सेवन गरेको भेटिएका ७ जना चालकहरुलाई हिरासतमा राखीएको र कार्वाहि अगाडी बढाइने प्रहरीले जनाएको छ ।
स्वास्थ्य परिक्षणका क्रममा जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख गजेन्द्र प्रसाद यादव, जनस्वास्थ्य कार्यालय सिन्धुलीका फोकल पर्सन गंगाराम कार्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक इश्वर बहादुर थापा, इलाका प्रहरी कार्यालय भिमानका प्रहरी निरिक्षक टंक कार्काी लगायतको उपस्थिती रहेको थियो ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ मा भुताहा–बरुण सडकको सिलान्यास
सिन्धुली, पुष ५, २०८१ शुक्रबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ मा भुताहा–बरुण सडकको सिलान्यास गरिएको छ । प्रदेश सरकार र हरिहरपुरगढी
सिन्धुलीको गौमती माध्यमिक विद्यालयमा बाल कला तथा साहित्य महोत्सवको आयोजना
सिन्धुली, पुष ५, २०८१ शुक्रबार । सिन्धुलीको कमलामाई नगरपालिकाका बालबालिकाको श्रृजना उजागर गर्ने उद्धेश्यले गत वर्ष बाट शुरु गरिएको बाल कला तथा
सिन्धुलीमा कृषी योग्य जमिनको जस्तै महत्व रहेका खरबारी अहिले बेकामका बन्दै
सिन्धुली, पुष ४ २०८१ बिहिबार । सिन्धुलीमा कृषी योग्य जमिनलाई जस्तै महत्व दिएर खरिद गरिएका खर बारी अर्थात खोरियो अहिले बेकामका जस्ता बन्न
प्रतिकृया दिनुहोस