सिन्धुली केरा खेतीका लागि उपयुक्त भए पनि व्यवसायिक खेती भएन

RadioSiddhababa

सिन्धुली –  सिन्धुलीमा उत्पादनका हिसावले केरा खेती राम्रो हुने भए पनि यसको व्यवसायीक खेती नगरिदा किसानले उचित आम्दानी गर्न सकेका छैनन् । कम लागतमा राम्रो आम्दानी गर्न सकिने खेती बाली मध्यको एक बाली केरा खेती भए पनि जिल्लाका किसानले व्यवसायिक खेती गरी आम्दानी लिन नसकेका हुन् । 
विश्वको प्रमुख फलको रुपमा लिइने केरा उत्पादन जिल्लामा पहिले देखि नै हुने गरेको भए पनि व्यवसायी खेती गर्न नसकिएको किसानहरुले बताएकाछन् । बजारीकरणको समस्या, काम गर्ने जनशक्ती अभाव र बन्यजन्तुले गर्ने नोक्सानका कारणले व्यवसायिक खेती गर्न नसकिएको कमलामाई नगरपालिका १ काफ्लेटारका किसान रुक्मीला चौलागाईले बताउनुभयो । यस्तै सरकारी तवरबाट पनि केरा खेतीको लागि कुनै प्रोत्साहनका कार्यक्रम नहुदा व्यवसयिक खेती नभएकोे उहाँको भनाई छ । 
स्वास्थ्य र शक्तीका हिसावले अरु फलफूल भन्दा उत्कृष्ट फलका रुपमा लिईने केरा खेती पाखो, सिमसार जमिनमा समेत हुने भए पनि व्यवसायिक खेती नभएको अन्य सरोकारवालाहरुले बताएकाछन् । भएका खेतीको समेत उचित रेखदेख र सरसफाई नहुदा उत्पादन राम्रो हुन नसकेको उनीहरु बताउछन् ।
कृषी विकास कार्यालय सिन्धुलीले भने केरा १ हजार मिटर उचाईको हावापानीमा राम्रो हुने र त्यसका लागि सिन्धुली उपयुक्त रहेको जनाएको छ । किसानले व्यवसायिक खेती गरी धेरै आम्दानी लिन नसके पनि जिल्लाको धेरै जसो ठाउँमा केरा खेती भने भईरहेको कृषी कार्यालय सिन्धुलीका बालि संरक्षण अधिकृत गौरी कार्कीको भनाई छ ।

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुलीको कमलामाई नगरपालिका ७ मा मोटरसाइकलमा ठोकिएर मृगको मृत्यु

सिन्धुली, माघ २३, २०८१ बुधबार ।      बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका ७ बुका पुल नजिक मोटरसाइकल सँग ठोकिदा एउटा मृगको मृत्यु

RadioSiddhababa

मरिण गाउँपालिकामा पोखरीमा डुबेर एक जनाको मुत्यु

सिन्धुली, माघ २३, २०८१ बुधबार । सिन्धुलीको मरिण गाउँपालिकामा पोखरीमा डुबेर एक जनाको मुत्यु भएको छ । मरिण गाउँपलिका ५ बडिमुहानका सन्त वाईबाका छोरा १८

RadioSiddhababa

सिन्धुलीको सुनकोशी गाउँपालिका क्षेत्रको बजार अनुगमन

सिन्धुली, माघ २२, २०८१ मंगलबार । सिन्धुलीको सुनकोशी गाउँपालिका क्षेत्रको बजार अनुगमन गरिएको छ । उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीका प्रमुख