सिन्धुली केरा खेतीका लागि उपयुक्त भए पनि व्यवसायिक खेती भएन
सिन्धुली – सिन्धुलीमा उत्पादनका हिसावले केरा खेती राम्रो हुने भए पनि यसको व्यवसायीक खेती नगरिदा किसानले उचित आम्दानी गर्न सकेका छैनन् । कम लागतमा राम्रो आम्दानी गर्न सकिने खेती बाली मध्यको एक बाली केरा खेती भए पनि जिल्लाका किसानले व्यवसायिक खेती गरी आम्दानी लिन नसकेका हुन् ।
विश्वको प्रमुख फलको रुपमा लिइने केरा उत्पादन जिल्लामा पहिले देखि नै हुने गरेको भए पनि व्यवसायी खेती गर्न नसकिएको किसानहरुले बताएकाछन् । बजारीकरणको समस्या, काम गर्ने जनशक्ती अभाव र बन्यजन्तुले गर्ने नोक्सानका कारणले व्यवसायिक खेती गर्न नसकिएको कमलामाई नगरपालिका १ काफ्लेटारका किसान रुक्मीला चौलागाईले बताउनुभयो । यस्तै सरकारी तवरबाट पनि केरा खेतीको लागि कुनै प्रोत्साहनका कार्यक्रम नहुदा व्यवसयिक खेती नभएकोे उहाँको भनाई छ ।
स्वास्थ्य र शक्तीका हिसावले अरु फलफूल भन्दा उत्कृष्ट फलका रुपमा लिईने केरा खेती पाखो, सिमसार जमिनमा समेत हुने भए पनि व्यवसायिक खेती नभएको अन्य सरोकारवालाहरुले बताएकाछन् । भएका खेतीको समेत उचित रेखदेख र सरसफाई नहुदा उत्पादन राम्रो हुन नसकेको उनीहरु बताउछन् ।
कृषी विकास कार्यालय सिन्धुलीले भने केरा १ हजार मिटर उचाईको हावापानीमा राम्रो हुने र त्यसका लागि सिन्धुली उपयुक्त रहेको जनाएको छ । किसानले व्यवसायिक खेती गरी धेरै आम्दानी लिन नसके पनि जिल्लाको धेरै जसो ठाउँमा केरा खेती भने भईरहेको कृषी कार्यालय सिन्धुलीका बालि संरक्षण अधिकृत गौरी कार्कीको भनाई छ ।
पत्रकार बुद्ध नेपालीलाई दिइएको धम्कीको घटनाप्रति नेपाल पत्रकार महासंघ सिन्धुलीले प्रेस बिज्ञप्ति जारी
सिन्धुली, पुष ११, २०८१, बिहिबार । पत्रकार बुद्ध नेपालीलाई प्रकाशित समाचारको बिषयलाई लिएर दिइएको धम्कीको घटनाप्रति नेपाल पत्रकार महासंघ शाखा
सिन्धुलीको तीनपाटन गाउँपलिका वडा नं. ७ को नवनिर्मीत भवनको उद्धघाटन
सिन्धुली, पुष ११, २०८१, बिहिबार । सिन्धुलीको तीनपाटन गाउँपलिका वडा नं. ७ को नवनिर्मीत वडा कार्यालय भवनको उद्धघाटन गरिएको छ । तीनपाटन गाउँपालिका
जलवायु मैत्री कृषि प्रणली सम्बन्धि तिन दिने तालिम सम्पन्न
सिन्धुली, पुष ११, २०८१, बिहिबार । स्थानीय अगुवा कृषकहरुलाई जलवायु मैत्री कृषि प्रणाली सम्बन्धि तिन दिने तालिम सिन्धुलीको ३ पालिकाहरुमा सम्पन्न भएको
प्रतिकृया दिनुहोस