सिन्धुलीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु
सिन्धुली, असोज २१, २०८१ सोमबार ।
सिन्धुलीमा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको हरिहरपुरगढी–५ द्धारेखोलामा आज सोमबार दिउँसो बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
काठमाडौं बाट भोजपुरतर्फ जाँदै गरेको यात्रुवाहक बस वाग्मती प्रदेश ०१–००६ ख ६७८५ नं रोयल भोजपुर यात्रुवाहक बसमा ४० भन्दा बढी यात्रुहरू रहेका थिए ।
घाइतेहरू मध्य ९ जनालाई थप उपचारको लागि धरान पठाइएको र अन्य घाईते हरुको सिन्धुली अस्पताल र मरिण गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक गोविन्द राज काफ्लेले जानकारी दिनुभयो ।
धेरै यात्रुहरु घाइते भएकाले यकिन विवरण आइनसकेको र मृतकको समेत पहिचान खुल्न नसकेको उहाँले बताउनुभयो ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ मा भुताहा–बरुण सडकको सिलान्यास
सिन्धुली, पुष ५, २०८१ शुक्रबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ मा भुताहा–बरुण सडकको सिलान्यास गरिएको छ । प्रदेश सरकार र हरिहरपुरगढी
सिन्धुलीको गौमती माध्यमिक विद्यालयमा बाल कला तथा साहित्य महोत्सवको आयोजना
सिन्धुली, पुष ५, २०८१ शुक्रबार । सिन्धुलीको कमलामाई नगरपालिकाका बालबालिकाको श्रृजना उजागर गर्ने उद्धेश्यले गत वर्ष बाट शुरु गरिएको बाल कला तथा
सिन्धुलीमा कृषी योग्य जमिनको जस्तै महत्व रहेका खरबारी अहिले बेकामका बन्दै
सिन्धुली, पुष ४ २०८१ बिहिबार । सिन्धुलीमा कृषी योग्य जमिनलाई जस्तै महत्व दिएर खरिद गरिएका खर बारी अर्थात खोरियो अहिले बेकामका जस्ता बन्न
प्रतिकृया दिनुहोस