राष्ट्रिय युवा संघ नेपालले हरिहरपुरगढी गाउँपालिकाका बाढी पिडितलाई राहत वितरण
सिन्धुली, असोज २१, २०८१ सोमबार ।
राष्ट्रिय युवा संघ नेपालले सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका बाढी पिडितलाई राहत वितरण गरेको छ । अविरल बर्षाको कारण क्षती भएका परिवारलाई रास्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटीको आयोजना, नेकपा एमाले सिन्धुली र रास्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिन्धुलीको समन्वयमा राहत वितरण गरिएको हो ।
हरिहरपुरगढी गाउँपालिकाको बस्तिपुर, कुडुले, घन्टेमाढी साँढे, बनौली बस्तिका विपद परिवारका ५० घरधुरीलाई राहत वितरण गरेको युवा संघ सिन्धुलीले जनाएको छ । ५० घरधुरीलाई प्रति परिवार १ बोरा चामल, १ लिटर खाने तेल, १ किलो आयोडिन नुन र १ पोका स्वाइबिन वितरण गरिएको राष्ट्रिय युवा संघ सिन्धुलीका अध्यक्ष अरुण पाख्रिनले जानकारी दिनुभयो ।
राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष पुष्पराज श्रेष्ठ र नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठको नेतृत्वमा नेकपा एमालेका पालिका अध्यक्ष मान बहादुर वाइवा, राष्ट्रिय युवा संघ सिन्धुलीका जिल्ला अध्यक्ष अरुण पाख्रीन लगायत युवा हरुको उपस्थितिमा राहत विरतण गरिएको हो ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ मा भुताहा–बरुण सडकको सिलान्यास
सिन्धुली, पुष ५, २०८१ शुक्रबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ मा भुताहा–बरुण सडकको सिलान्यास गरिएको छ । प्रदेश सरकार र हरिहरपुरगढी
सिन्धुलीको गौमती माध्यमिक विद्यालयमा बाल कला तथा साहित्य महोत्सवको आयोजना
सिन्धुली, पुष ५, २०८१ शुक्रबार । सिन्धुलीको कमलामाई नगरपालिकाका बालबालिकाको श्रृजना उजागर गर्ने उद्धेश्यले गत वर्ष बाट शुरु गरिएको बाल कला तथा
सिन्धुलीमा कृषी योग्य जमिनको जस्तै महत्व रहेका खरबारी अहिले बेकामका बन्दै
सिन्धुली, पुष ४ २०८१ बिहिबार । सिन्धुलीमा कृषी योग्य जमिनलाई जस्तै महत्व दिएर खरिद गरिएका खर बारी अर्थात खोरियो अहिले बेकामका जस्ता बन्न
प्रतिकृया दिनुहोस