सिन्धुलीमाढीमा भूमि नाप जाँच खरिद विक्रि ब्यवसाय तथा परामर्श सेवा केन्द्रको उद्धघाटन
सिन्धुली, असोज १८, २०८१ शुक्रबार ।।
सिन्धुलीमाढीमा भूमि नाप जाँच खरिद विक्रि ब्यवसाय तथा परामर्श सेवा केन्द्रको उद्धघाटन गरिएको छ । भूमि सम्बन्धी परामर्श दिने तथा सहजीकरण गर्ने उदेश्यले सिन्धुली जिल्लामै पहिलो पटक स्थापना गरिएको केन्द्रको सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले उद्धघाटन गर्नुभएको हो ।
नापी कार्यालय सिन्धुलीको प्रमुख पदबाट सेवा निबृत्त हुनुभएका सरोज बहादुर श्रेष्ठले मालपोत कार्यालय अगाडी भूमि नाप जाँच खरिद विक्रि ब्यवसाय तथा परामर्श सेवा केन्द्र संचालनमा ल्याउनुभएको हो । नापी कार्यालयमा रहेर भूमि सम्बन्धी बिभिन्न अनुभव संगाल्नु भएका श्रेष्ठले नागरिकलाई भूमि सम्बन्धी परामर्श सेवा दिने उदेश्यले सेवा केन्द्र संचालनमा ल्याएको बताउनुभएको छ ।
सिन्धुली जिल्लामा भूमि नाप जाँच खरिद विक्रि ब्यवसाय तथा परामर्श सेवा केन्द्र आवश्यक रहेकाले नागरिकको माग अनुसार सेवा केन्द्र संचालनमा ल्याएकोमा सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले खुशी ब्यक्त गर्नुभएको छ । जिल्लामा भूमि सम्बन्धी समस्याहरु धेरै भएकाले कुनैपनि किसीमको प्रलोभनमा नपरी भूमि सम्बन्धी पराशर्म दिन उहाँले आग्रह गर्नुभएको छ ।
भूमि नाप जाँच खरिद विक्रि ब्यवसाय तथा परामर्श सेवा केन्द्र बाट जग्गा नाप जाँच, क्षेत्रफल एकिन, जग्गा प्लटिङ, जग्गा खरिद तथा विक्री ब्यवसाय तथा परामर्श गरिने छ ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ मा भुताहा–बरुण सडकको सिलान्यास
सिन्धुली, पुष ५, २०८१ शुक्रबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ मा भुताहा–बरुण सडकको सिलान्यास गरिएको छ । प्रदेश सरकार र हरिहरपुरगढी
सिन्धुलीको गौमती माध्यमिक विद्यालयमा बाल कला तथा साहित्य महोत्सवको आयोजना
सिन्धुली, पुष ५, २०८१ शुक्रबार । सिन्धुलीको कमलामाई नगरपालिकाका बालबालिकाको श्रृजना उजागर गर्ने उद्धेश्यले गत वर्ष बाट शुरु गरिएको बाल कला तथा
सिन्धुलीमा कृषी योग्य जमिनको जस्तै महत्व रहेका खरबारी अहिले बेकामका बन्दै
सिन्धुली, पुष ४ २०८१ बिहिबार । सिन्धुलीमा कृषी योग्य जमिनलाई जस्तै महत्व दिएर खरिद गरिएका खर बारी अर्थात खोरियो अहिले बेकामका जस्ता बन्न
प्रतिकृया दिनुहोस