राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन सिन्धुलीको जिल्ला अधिवेशन सम्पन्न
सिन्धुली, असोज ३, २०८१ बिहिबार ।
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन सिन्धुलीको जिल्ला अधिवेशन सम्पन्न भएको छ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन सिन्धुलीका अध्यक्ष दिपक कार्कीको अध्यक्षता तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा संयोजित संगठन समन्वय बिभागका प्रमुख गोपाल दाहालको प्रमुख आतिथ्यतामा जिल्ला अधिवेशन सम्पन्न भएको हो ।
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन सिन्धुलीको जिल्ला अध्यक्षमा पुन दिपक कार्कीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । उपाध्यक्षमा रोजन बम्जन, संजिव थापा मगर, निशा स्याङतान, सचिवमा प्रेमलाल श्रेष्ठ, सहसचिवमा कुसुम पाख्रीन र कोषाध्यक्षमा सविना पुरी सहित २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
त्यस्तै राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनको नयाँ कार्यसमिति चयन गरिएको छ । बद्रीलाल श्रेष्ठ अध्यक्ष सहित उपाध्यक्षमा नारद प्रसाद अधिकारी, राम बहादुर लोप्चन, नरमाया भुजेल, सचिवमा सालिकराम बानीया, सह सचिवमा नन्दलाल श्रेष्ठ, कोषाध्यक्षमा दुर्गा प्रसाद घिमिरे सहित २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।
त्यस्तै राष्ट्रिय प्रजातान्त्रिक उत्पीडन उत्थान संगठन सिन्धुलीको तदर्थ समिति गठन गरिएको छ । राष्ट्रिय प्रजातान्त्रीक उत्पीडन उत्थान संगठनको अध्यक्षमा राम कुमार परियार, उपाध्यक्षमा भिम बहादुर परियार, बुद्धिमान परियार, शान्तिमाया बिक, सचिवमा दिनेश विक, सहसचिवमा सावित्रा विक र कोषाध्यक्षमा अन्जना विक सहित १५ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।
काँग्रेस क्षेत्र नं. २ सिन्धुलीको क्रियाशिल सदस्यता फारम वितरण शुरु
सिन्धुली, पुष ६ २०८१, शनिबार । नेपाली काँग्रेस सिन्धुलीले क्रियाशिल सदस्यता वितरणका लागि आवश्यक प्रक्रिया शुरु गर्न थालेको छ । पार्टीको वडा स्तरका
अनेमसंघ सिन्धुलीबाट आफ्ना नेता तथा कार्यकर्तालाई प्रशिक्षण
सिन्धुली, मंसिर १८ २०८१ मङ्गलबार । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा अखिल नेपाल महिला संघ सिन्धुलीले आफ्ना नेता तथा कार्यकर्तालाई
आउदो निर्वाचनमा कांग्रेस र एमाले बिच नै देशब्यापी प्रतिष्पर्धा हुने ः डाक्टर भट्टराई
सिन्धुली, भदौ ६, २०८१ बिहिबार । नेकपा एमाले र नेपाली कांग्रेसले सहमतीमा सत्ता संचालन गरेपनि आगामी निर्वाचनमा भने एमाले एक्लैने निर्वाचन लड्ने नेकपा
प्रतिकृया दिनुहोस