प्रधानमन्त्री प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा गजुरेल नियुक्त

सिन्धुली, माघ ९, २०७९ सोमबार ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा पार्टीका उपमहासचिव हरिबोल गजुरेललाई आज नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले प्रमुख राजनीतिक सल्लाहकार भएर जिम्मेवारी निर्वाह गर्न आग्रह गरेको र नियुक्ति दिएको गजुरेलले बताउनुभयो ।
सिन्धुली स्थायी घर भएका गजुरेल २०७४ मा सिन्धुली २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो । २०७९ को निर्वाचनमा भने टिकट पाउनुभएको थिएन । प्रधानमन्त्री प्रचण्डले यस अघि स्वकीय सचिवालयमा छोरी गंगा दाहालसहित ७ जनालाई नियुक्ति दिइसक्नुभएको छ ।

अध्यादेश मार्फत सरकारले ल्याएका कानुन संसदबाट चाडै पास हुन्छ ः गृहमन्त्री लेखक
सिन्धुली, माघ २९, २०८१ मंगलबार ।। गृहमन्त्री रमेश लेखकले अध्यादेश मार्फत सरकारले ल्याएका कानुन संसदबाट चाडै पास हुने बताउनुभएको भएको छ । आज सिन्धुली

प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले २५ सय २५ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने
सिन्धुली, साउन १८, २०८१ शुक्रबार । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले आफ्नो सेवाकार्य अन्तर्गत यस वर्ष २५ सय २५ जना विद्यार्थीहरूलाई शैक्षिक

नेपाली कांग्रेसको प्रमुख सचेतकमा श्याम कुमार घिमिरे मनोनीत
सिन्धुली, साउन ५, २०८१ शनिबार । नेपाली कांग्रेसको प्रमुख सचेतकमा श्याम कुमार घिमिरे मनोनीत हुनु भएको छ । नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका
प्रतिकृया दिनुहोस