त्रयम्बकेश्वर जोतिर्लिङ्ग मन्दिरमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञको तयारी तिव्र

RadioSiddhababa

सिन्धुली, फागुन ४, २०८१ आइतबार ।


सिन्धुलीको कमलामाई नगरपालिका २ चियाबारी नजिकै रहेको त्रयम्बकेश्वर जोतिर्लिङ्ग मन्दिरमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिने भएको छ । यहि फागुन ७ गते देखि १५ गते सम्म श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिने भएको हो । नेपालका प्रथम जगतगुरु बालशन्त मोहनशरण देवाचार्य महाराज गुरुले श्रीमदभागवत महापुराणमा कथा प्रचवन हुने छ । 


महापुराणको लागि आवश्यक तयारी भइरहेको बताउदै यसको प्रचारप्रसार गरिरहेको मन्दिर ब्यवस्थापन समितका अध्यक्ष दानबहादुर मगरले जानकारी दिनुभयो । महापुराणमा दैनिक १५ सय देखि १७ सय भक्तजनहरु बस्न मिल्ने गरि स्थानहरुको ब्यवस्थापन, बाहिरी जिल्ला बाट आउने भक्तजनहरुको लागि बासको ब्यवस्थापन, प्राथमिक उपचार संगै एम्बुलेन्सको सुविधा, मन्दिर सम्म पुग्नको लागि ज्येष्ठ नागरिक तथा अशक्त ब्यक्तिहरुको लागि सिन्धुलीमाढी बाट गाडीको सुविधा गरिने छ । 


शिवपुराण, स्कन्दपुराण, वृहत् विष्णुपुराण र वाल्मीकि रामायण आदि धर्मग्रन्थहरूमा वर्णन गरिएको १२ जोतिर्लिङ्ग मध्य प्रसिद्ध आठौं त्रयम्बकेश्वर जोतिर्लिङ्ग पवित्र गौमती तटमा विराजमान रहेको धार्मिक विश्वास रहेको छ । कमलामाई नगरपालिका २ चियाबारी बाट करिब दुई किलोमिटर उत्तरपट्टि रहेको ब्रह्मगिरी पर्वतको फेदमा महर्षि गौतम र माता अहिल्याको पौराणिक तपस्थली धर्मग्रन्थहरूमा उल्लेख भए अनुसार पवित्र तथा शास्त्रीय रूपमा चर्चित त्रयम्बकेश्वर जोतिर्लिङ्ग उत्पत्तिस्थल भएको विश्वास छ ।


यसै जोतिर्लिङ्गको प्रचार प्रसार सहित यस तिर्थ स्थलको भौतिक विकासका उन्नयनको लागि श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको कमलामाई नगरपालिकाका निवर्तमान नगर प्रमुख खड्ग बहादुर खत्रीको भनाई छ ।


फागुन ७ गते झाँकी, नौमती बजा सहित नगर परिक्रमा गर्दै कलश यात्रा गरि मन्दिर सम्म पुग्ने जनाइएको छ । महापुराण बाट प्राप्त सहयोग बिशेष गरि मन्दिरको लागि जग्गा खरिद गरिने र मन्दिरको उन्नयन र समृद्धिको लागि खर्च गरिने छ । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

उद्योग वाणिज्य संघ सिन्धुलीको अध्यक्षमा अर्जुन श्रेष्ठ विजयी

सिन्धुली, फागुन २८, २०८१ बुधबार । सिन्धुली उद्योग वाणिज्य संघको निर्वाचन अन्तर्गत मतगणना सकिए संगै अध्यक्षमा अर्जुन कुमार श्रेष्ठ विजयी हुनु भएको छ

RadioSiddhababa

हरिहरपुरगढी गाउँपालिकामा स्थानिय तहको योजना तर्जुमा र सार्वजनिक खरिद प्रक्रिया सम्बन्धि प्रशिक्षण कार्यक्रमको उद्घाटन

सिन्धुली, फागुन २६, २०८१ सोमबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा स्थानिय तहको योजना तर्जुमा र सार्वजनिक खरिद प्रक्रिया सम्बन्धि ३ दिने

RadioSiddhababa

बागमती प्रदेश स्तरीय ३ दिने महिला कृषि उद्यम मेला सम्पन्न

सिन्धुली, फागुन २६, २०८१ सोमबार । सिन्धुलीमाढीमा संचालित ३ दिने बागमती प्रदेश स्तरीय महिला कृषि उद्यम मेला सम्पन्न भएको छ । बागमती प्रदेशसभा सदस्य