सिन्धुलीमा ९६ प्रतिशत एचपिभी खोप प्रदान

RadioSiddhababa

सिन्धुली, फागुन २, २०८१ शुक्रबार ।


सिन्धुलीमा माघ २२ गते देखि २८ गते सम्म सञ्चालन गरिएको पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपिभी खोप अभियानमा लक्ष्यको ९६ प्रतिशत मात्र खोप प्रदान गरिएको छ । १४ हजार ६ सय २२ जना किशोरीलाई खोप प्रदान गर्ने लक्ष्य राखिएकोमा १४ हजार १ जनालाई मात्र खोप प्रदान गरिएको हो । जिल्लाका ग्रामिण क्षेत्रका सर्वसाधरणमा खोप लगाउनु पर्छ भन्ने जनचेतनाको अभाव हुदा शत प्रतिशत अभियान सफल हुन नसकेको जनस्वास्थ्य कार्यालय सिन्धुलीले निष्कर्ष निकालेको छ ।

 

यद्यपी कार्यालयले सम्वन्धि पालिकाका वडा र स्वास्थ्य संस्थाबाट आबश्यक जानकारी लिने काम भने भईरहेको कार्यालयले जनाएको छ । सिन्धुली केही ग्रामिण बस्तीमा जनचेतनाको अभावमा किशोरीहरुलाई एचपिभी खोपमा सहभागी नगराउदा शत प्रतिशत खोप प्रदान गर्न नसकिएको हो । सरकारी लक्ष्य अनुसार  जिल्लाका सबै विद्यालयमा रहेका ६ देखि १० कक्षा सम्मका र विद्यालय बाहिर रहेका १० बर्ष देखि १४ बर्ष उमेर समूहका किशोरीलाई  खोप लगाउने अभियान सम्पन्न भए पनि शत प्रतिशत खोप प्रदान गर्न भने नसकिएको हो ।


जिल्लाको ३ सय ३ खोप केन्द्र बाट २ सय २३ स्वास्थ्यकर्मी र ४ सय ६२ स्वयंसेवक परिचालन गरी  खोप अभियान सञ्चालन भई रहदा कतिपय विद्यालयबाट दिइएको तथ्यांकमा पनि त्रुटी पाइएकाले शतप्रतिशत लक्ष्य प्राप्ती हुन नसकेको स्वास्थ्यकर्मीको भनाई छ । यो सँगै जिल्लाका कतिपय ठाँउमा धार्मिक अन्धविश्वासका कारण पनि खोप लगाउन किशोरीलाई विद्यालय तथा स्वास्थ्य संस्थामा नपठाएको पाइएको कतिपय जानकारवालको भनाई छ ।  

प्रतिकृया दिनुहोस
RadioSiddhababa

उद्योग वाणिज्य संघ सिन्धुलीको अध्यक्षमा अर्जुन श्रेष्ठ विजयी

सिन्धुली, फागुन २८, २०८१ बुधबार । सिन्धुली उद्योग वाणिज्य संघको निर्वाचन अन्तर्गत मतगणना सकिए संगै अध्यक्षमा अर्जुन कुमार श्रेष्ठ विजयी हुनु भएको छ

RadioSiddhababa

हरिहरपुरगढी गाउँपालिकामा स्थानिय तहको योजना तर्जुमा र सार्वजनिक खरिद प्रक्रिया सम्बन्धि प्रशिक्षण कार्यक्रमको उद्घाटन

सिन्धुली, फागुन २६, २०८१ सोमबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा स्थानिय तहको योजना तर्जुमा र सार्वजनिक खरिद प्रक्रिया सम्बन्धि ३ दिने

RadioSiddhababa

बागमती प्रदेश स्तरीय ३ दिने महिला कृषि उद्यम मेला सम्पन्न

सिन्धुली, फागुन २६, २०८१ सोमबार । सिन्धुलीमाढीमा संचालित ३ दिने बागमती प्रदेश स्तरीय महिला कृषि उद्यम मेला सम्पन्न भएको छ । बागमती प्रदेशसभा सदस्य