माढीबजार स्थित गौमती माविको ५८ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

सिन्धुली, माघ २१, २०८१ सोमबार ।
सिन्धुलीको कमलामाई नगरपालिका ६ माढिबजार स्थित गौमती माध्यमिक विद्यालयको ५८ आंै बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलामाई नगरपालिका ७ का वडा अध्यक्ष कर्ण घिसिङको अध्यक्षता तथा कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यतामा ५८ औं बार्षिक उत्सव सम्पन्न भएको हो ।
कार्यक्रममा विद्यालयको बार्षिक प्रतिवेदन विद्यालयका प्रधानाध्यापक दिपक कुमार बुढाथोकीले प्रस्तुत गर्न भएको थियो । बर्षिक उत्सवको अवसरमा कक्षागत प्रथम, दितीय, तृतिय हुने बिद्यार्थीहरु, बिद्यालयले संचालन गरेको बिभिन्न खेलकुदमा उत्कृष्ठ हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ । बिद्यालयले उत्कृष्ठ शिक्षकलाई सम्मान समेत गरेको छ ।
कार्यक्रमको अवसरमा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले शिक्षक, विद्यार्थी र अभिभावक बिचको सम्बन्ध सुमधुर भएमात्र शिक्षामा अपेक्षित सुधार हासिल गर्न सकिने बताउनुभएको छ ।
बालबालिकाको पहिलो पाठशाला घर नै भएकाले आफ्नो नानीबाबुहरुको शैक्षिक उपलब्धिबारे सधै चिन्ता र चासोको रुपमा अभिभावकले लिनुपर्ने उहाँको भनाई छ ।
साथै उहाँले धेरै विद्यार्थी भएका विद्यालय तथा टाढा टाढा बाट विद्यालय आउँने विद्यार्थीहरुलाई मध्यनजर गर्दै आवतजावतमा सहजताका लागी अवको आर्थिक बर्षबाट सिन्धुलीका तीनवटा विद्यालयलाई बस हस्तान्तरण गरिने बताउँनु भयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि, विद्यालयका शिक्षक, शिक्षिका, पुर्व विद्यार्थी, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

उद्योग वाणिज्य संघ सिन्धुलीको अध्यक्षमा अर्जुन श्रेष्ठ विजयी
सिन्धुली, फागुन २८, २०८१ बुधबार । सिन्धुली उद्योग वाणिज्य संघको निर्वाचन अन्तर्गत मतगणना सकिए संगै अध्यक्षमा अर्जुन कुमार श्रेष्ठ विजयी हुनु भएको छ

हरिहरपुरगढी गाउँपालिकामा स्थानिय तहको योजना तर्जुमा र सार्वजनिक खरिद प्रक्रिया सम्बन्धि प्रशिक्षण कार्यक्रमको उद्घाटन
सिन्धुली, फागुन २६, २०८१ सोमबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा स्थानिय तहको योजना तर्जुमा र सार्वजनिक खरिद प्रक्रिया सम्बन्धि ३ दिने

बागमती प्रदेश स्तरीय ३ दिने महिला कृषि उद्यम मेला सम्पन्न
सिन्धुली, फागुन २६, २०८१ सोमबार । सिन्धुलीमाढीमा संचालित ३ दिने बागमती प्रदेश स्तरीय महिला कृषि उद्यम मेला सम्पन्न भएको छ । बागमती प्रदेशसभा सदस्य
प्रतिकृया दिनुहोस